Sansar News

तपाई इण्डियन आर्मीको रिटायर्ड हुनुहुन्छ ? गम्भीर बिरामी पर्नु भयो भने के गर्नुहुन्छ ?

चन्दा थापा (चन्द्रिका)
२ हप्ता पहिले
तपाई इण्डियन आर्मीको रिटायर्ड  हुनुहुन्छ ? गम्भीर बिरामी पर्नु भयो भने के गर्नुहुन्छ ?

हुन त यस्तो कुरा धेरै भारतीय सेनामा जागिर खाएर पेन्सन निस्कनेका नेपाली दाजुभाइलाई थाहा होला । तर, थाहा छ भनेर चुप लाग्दा धेरै त्यस्ता रिटायर्डहरु जानकारीको अभावमा भौतारिरहनु भएको छ की, भनेर नै यो सन्देश दिन खोजिएको हो ।

सन्दर्भ मेरो कोही आफन्त रिर्टायड भारतीय सेना हुन् । उनी विरामी भएर अस्पताल भर्ना भए । तर, उनी तथा उनको परिवारलाई थाहा थिएन की, रिटार्यडले त्रैमासिक वा ६ महिनामा आफूलाई पायक पर्ने ठाउँमा पुगेर पेन्सन बुझ्ने मात्र नभएर अरु पनि धेरै सुविधा पाउछन् भनेर । हो त्यस्तै भयो मेरा आफन्तलाई पनि ।

केहि समय अगाडिको कुरा हो । झापामा रहेका मेरा आफन्त सिकिस्त विरामी भए । उनलाई उपचारका लागि काठमाण्डौंको एक नाम चलेको अस्पतालमा भर्ना गरियो । गम्भीर विरामी भएका कारण ठूलो खर्च पनि लाग्यो । उनले पेन्सन बुझेर बैंकमा राखेको केही रकम उत्तिखेरै सकियो । त्यसपछि अन्य नागरिकको जस्तै उनको पनि दैनिकी बन्यो । गाउँबाट दुःख सुख गर्दै पैसा मगाउँदै औषधि उपचार गरियो । कहिले छोराले पठाए, कहिले छिमेकीले सहयोग गरे, कहिले दाजुभाइले गरे । तर, एकदिन कसैले भन्यो कि, एक्स आर्मीहरुको लागि उपचार पनि फ्री हुन्छ । त्यसपछि उनका आफन्त ECHS ( Ex-Serviceman Contributory Health Scheme) कार्ड उक्त कार्ड लिएर काठमाण्डौंस्थित पेन्सन क्याम्पमा पुगे । त्यहाँ पुगेर सोध्दा विरामी भएर इमरजेन्सीमा पुग्दासाथ सायद १२ घण्टाभित्र होला, त्यहाँ फोन गरेर ‘मेरो यस्तो विरामी, यो–यो नामको रिटायर्ड आर्मी नम्बर यति यतिको फलाना अस्पतालमा भर्ना गरेका छौं,’ भनेर परिवारले तुरुन्त सम्बन्धीत निकायमा फोन गर्नुपर्दो रहेछ । तर, मेरा आफन्तको परिवारले ढिला गरेको कारण त्यो गुम्ने अवस्था देखियो ।

त्यतिबेला जीवनमा एउटा पाठ सिकियो र सबैलाई सेयर गर्न मन लाग्यो । यदि तपाई पनि रिटायर्ड आर्मी हुनुहन्छ र अकस्मात गम्भीर विरामी पर्नु भयो भने जुन ठाउँबाट तपाईले पेन्सन रकम बुझ्नुहुन्छ त्यहाँको फोन नंमा फोन गरेर आफू भर्ना भएको अस्पतालको नाम र आफ्नो कार्ड तथा नम्बर टिपाई हाल्नुहोला । त्यत्ति भएमा तपाईले उपचार गर्दा आफ्नै पैसा खर्च गरेपनि अस्पतालबाट डिस्चार्ज हुँदा उपचारको सबै रेर्कड, तपाईलाई हेरेको डाक्टरको सिग्नेचर, र तपाईको पेन्सनको चेक, उपचार गरेको ओर्जिनल डकुमेन्ट, तपाईको कार्डको फोटो कपी लिएर आफूले पेन्सन बुझ्ने ठाउँमा लगेर बिल पेश गर्नुहोस् । त्यसको केही समयपछि तपाईले खर्च गरेको रकम त्यहाँबाट पाउनहुनेछ ।

यदि त्यो अस्पतालमा उपचार गर्दा बाहिरबाट औषधि ल्याउनु परेमा पेन्सन क्याम्पबाट दिएको एउटा कागजमा औषधिको नाम, मिति र जहाँबाट औषधि लिनुहुन्छ त्यो क्लिनिक वा फार्मेसीको छाप लगाइदिन नभुल्नुहोला । त्यसको पनि एकमुष्ट पैसा लिन सकिने सुविधा रहेछ । यदि उक्त अस्पतालमा विरामीलाई १२ दिनभन्दा बढी राख्नु पर्यो भने पनि पुन : सोहि ठाउँमा गएर अर्को प्रोसेस गर्नुपर्दो रहेछ ।


मेरोलागि नितान्त नौलो र ठूलो कुरा लागेको भएर केही सेयर गर्न खोजेकी मात्र हुँ । यो भन्दा बढी कोही साथी जानकार हुनुहुन्छ भने सिलसिलेवर यसमा थप्दै जान सक्नुहुन्छ ।


मेरोलागि नितान्त नौलो र ठूलो कुरा लागेको भएर केही सेयर गर्न खोजेकी मात्र हुँ । यो भन्दा बढी कोही साथी जानकार हुनुहुन्छ भने सिलसिलेवर यसमा थप्दै जान सक्नुहुन्छ ।

भारतबाट तिल विश्वकर्माले यस बारेमा थप प्रष्ट्याउनु भएको केही कुरा

तपाईंको भनाई र अनुभवलाई केही कुरा थप गरि प्रष्ट्याउन मन लाग्यो । पहिला पहिला पेन्सनर र उसको आश्रीत (Dependents) हरुको लिमिटेड उपचार वा उपचार खर्च बेहोर्ने गर्थ्यो । केही बर्ष अघि देखि सो अभ्यासलाई विस्थापित गरि भारतीय रक्षा मन्त्रालय अन्तर्गतका थलसेना(Army),वायुसेना(Air Force), जलसेना(Navy) का वर्दीधारी सेनाका कर्मचारीले आ-आफ्नो ओहोदा अनुसारको निश्चित तोकिएको रकम जम्मा गरिन्छ जस्तै सेनाको एउटा निम्न रैन्कको सिपाहीले रु.15000/- रकम जम्मा गरि ECHS ( Ex-Serviceman Contributory Health Scheme) कार्ड बनाउन पर्छ । त्यसमा जतिजना डिपेन्डेन्ट हुन्छन कन्ट्रीब्युसन एमाउण्ट पनि जोडिन्छ । त्यस पछि ECHS कार्ड अलगअलग व्यक्तिको नाममा इसु हुन्छ । अनि भारतको सन्दर्भमा जो रेगुलर सेवारत सेना अथवा उनका परिवारलाई उपचार गर्ने अस्पताल हुन्छ,साथै ECHS कार्ड होल्डरहरुको लागि ECHS Poly Clinic हुन्छ र त्यहा अलग्गै डाक्टर हुन्छन । त्यस पोलि क्लिनिकले ECHS सम्बन्धन (Empanelledl Hospitals) गरिएका अस्पतालहरुमा रेफर गर्छ र त्यहा उपचार गराउने व्यवस्था मिलाएको हुन्छ । जति ठूलो रोग अथवा,लामो समय बस्न पर्ने अवस्था आएमा फेरि Re-refer गराई रहनु पर्ने हुन्छ । तर त्यहा पनि लिमिटेसन चाहिँ हुन्छ/राखिएको पाइन्छ । जहाँ सम्म नेपालको कुरा छ,त्यहा पनि हालै गत 1-2 बर्ष यता अभ्यासमा आएको छ ।

पोखरा,काठमाडौ केही अस्पतालमा (Empanelled) गरिएको छ । यो भयो भारत सरकारको रक्षा मन्त्रालय अन्तर्गतका तीन सैन्य विभागको हकमा मात्र…! अब कुरा गरौ अन्य नेपालमा भएका/रहेका भारत सरकारको तर्फबाट पेन्सन प्राप्त गर्ने विभिन्न सरकारी/अर्ध-सरकारी/केन्द्र सरकार/राज्य सरकार/अनि विभिन्न मन्त्रालय अन्तर्गतका पेन्सनरको हकमा त्यो ECHS को योजनाले समेटिएको हुदैन । राज्य सरकार बाहेकका पेन्सनरहरुको हकमा भारतमा CGHS ( Central Government Health Scheme) अन्तर्गत सेवा विस्तार गरिएको हुन्छ । अन्यथा यो सुबिधा नलिएमा हरेक महिना हालको दरमा कमसेकम रु.1000/= भारु. प्रत्येक महिना पेन्सनमा जोडेर दिइएको हुन्छ जसलाई Medical allowance भनिन्छ ।

अत : सबै भुपु ने चन्दाजीले भने जस्तो यी सुबिधा नपाउन सक्नुहुनेछ । त्यस्तै मेडिकल बाहेक पनि भारत सरकारले उपलब्ध गराइएका योजनाहरु नेपालमा रहेका पेन्सनरहरुले पाई रहेको अवस्था छैन ।

पहिलो कुरो त नेपालभरी रहेका PPO(Pension Paying Office) र SPPO( Seasonal Pension Paying Office) मा जति पनि कर्मचारी रहेका हुन्छन सबै सैनिक पृष्ठभुमिका हुन्छन र पल्टने हिसाबले काम कुरा गर्छन,रुखो बोल्ने,हप्काएर बोल्ने,अनि उनका विधवा महिलाहरु,छोराछोरी संग निम्नस्तरको भाषा प्रयोग गरि बोल्ने गरिन्छ । अनि हाम्रा भुपु हरुले पनि आफ्नो अधिकार भन्दा दयाले बक्सिस पाए जस्तो गरि चुपचाप अपमान सहेर क्याम्पमा हिडेको देखिन्छ ।

मैले माथी नै व्याख्या गरी सके नेपालमा रहेका भारत सरकारका पेन्सनर भएता पनि सबै सैनिक नियम अन्तर्गतका नभएर विभिन्न शिर्षक र नियम अन्तर्गत पर्ने हुन्छन । व्यथा धेरै छ,यहाँ वर्णन गरेर साध्य छैन ।

सर्बाधिक पढिएको

तपाई इण्डियन आर्मीको रिटायर्ड  हुनुहुन्छ ? गम्भीर बिरामी पर्नु भयो भने के गर्नुहुन्छ ?

तपाई इण्डियन आर्मीको रिटायर्ड हुनुहुन्छ ? गम्भीर बिरामी पर्नु भयो भने के गर्नुहुन्छ ? २ हप्ता पहिले | चन्दा थापा (चन्द्रिका)

हुन त यस्तो कुरा धेरै भारतीय सेनामा जागिर खाएर पेन्सन…

जब न्यायाधिशकै घरमा बालिकामाथि बलात्कारपछि हत्या भयो…

जब न्यायाधिशकै घरमा बालिकामाथि बलात्कारपछि हत्या भयो… २ हप्ता पहिले | पूर्व आइजीपी रविन्द्र प्रताप साह

मिति ०५६/ ५७ साल तिर (खास मिति विर्सिएको) हो ।…

‘एनआरएनएको अध्यक्षमा यसकारण कुमार पन्त’

‘एनआरएनएको अध्यक्षमा यसकारण कुमार पन्त’ २ हप्ता पहिले | शिव बन्जारा,अष्ट्रेलिया

गोरखाको फुजेलमा सामान्य परिबारमा सन् १९७६ मा जन्मिनु भएका कुमार…

बिरामी देश र प्रतिनिधिमुलक १२ काण्ड

बिरामी देश र प्रतिनिधिमुलक १२ काण्ड १ महिना पहिले | महादीप पोखरेल (दिप आँसु)

देश बिरामी पर्‍यो हजुर !!  झर्किने, झुक्किने, बिर्सने, बर्बराउने, ढाट्ने,…

प्राकृतिक बिपत्ति : कसैको बेहाल,  कसैको लागि भने मालामाल

प्राकृतिक बिपत्ति : कसैको बेहाल, कसैको लागि भने मालामाल १ महिना पहिले | रामु खनाल

प्राकृतिक रुपमा आउने बाढी, पहिरो, भूकम्प , हावाहुरी, चट्याङ्ग  आदिको…

तुलसीको मठबाट अन्तिम श्वास फेर्दै मेरो देश भन्छ-‘प्रदेशी नौजवान मातृभूमि फर्क’

तुलसीको मठबाट अन्तिम श्वास फेर्दै मेरो देश भन्छ-‘प्रदेशी नौजवान मातृभूमि फर्क’ १ वर्ष पहिले | संसार न्यूज़

‘जननी जन्म भूमिष्चःस्वर्गादपि गरीयसि’ महाभारतमा युद्ध हुँदा अंगराज कुम्भकर्ण शेनापति भएर…