Sansar News

अनुदानको ब्याड बोका काटेर मासु भागवण्डा लगाइयो

संसार न्यूज़
२ हप्ता पहिले
अनुदानको ब्याड बोका काटेर मासु भागवण्डा लगाइयो

२३ साउन । गोरखा, सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भने ।

उनले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उनको आमा भएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताए । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभैँसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”

वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गरे । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करीब रु ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताए ।

“रु ३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ”, उनले भने, “पाल्न नसक्ने भए पनि हामी अर्र्को किसानलाई वितरण गथ्र्यौं उनीहरुले हामीलाई खबर पनि गरेनन् ।” रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो । (रासस)

सर्बाधिक पढिएको

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’ ५ दिन पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको…

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल ४ दिन पहिले | संसार न्यूज़

३० साउन, काठमाण्डौं । चितवनका प्रहरी उपरीक्षक (एसपी) दान बहादुर…

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’ ५ दिन पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । पत्रकार रवि लामिछानले आत्म्हत्या गरेका शालिकराम…

बकर इदमा सार्वजनिक विदा

बकर इदमा सार्वजनिक विदा १ हप्ता पहिले | संसार न्यूज़

२६ साउन काठमाडौँ । इस्लाम धर्माबलम्बीहरुको महान चाड इद –ऊल…

प्रदर्शनकारी घरघर पुगिसके-प्रमुख चितवन जिप्रका

प्रदर्शनकारी घरघर पुगिसके-प्रमुख चितवन जिप्रका ३ दिन पहिले | संसार न्यूज़

३१ साउन, काठमाडौं । शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनमा…

ओलिको खेलमा माधव यसरी पछारिए

ओलिको खेलमा माधव यसरी पछारिए २० घण्टा पहिले | संसार न्यूज़

१ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भित्रको पछिल्लो शक्ति…