Sansar News

महानगरपालिका द्वारा बाख्रापालक कृषकलाई २० लाख रुपैयाँ अनुदान

संसार न्यूज़
२ हप्ता पहिले
महानगरपालिका द्वारा बाख्रापालक कृषकलाई २० लाख रुपैयाँ अनुदान

२४ साउन, कास्की । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ ।

पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु. २० लाख रुपैँया वितरण गरेको महानगरपालिकाले जनाएको छ ।

वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण गरेका हुन् ।

सो अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पारे । उनले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमीन खण्डीकरण हुन नदिइनेसमेत बताए ।

वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरूलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए ।

वडाका माझठाना, सौर्य लगायतका गाउँहरूमा व्यावसायिक बाख्रापालन शुरुआत भइसकेको बताउँदै उहाँले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवद्र्धनमा समेत फलदायी हुने विश्वास व्यक्त गरे ।

पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरूका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरूलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताए । (रासस)

सर्बाधिक पढिएको

‘बैङकर नभए पढाएर  खाइन्छ’

‘बैङकर नभए पढाएर खाइन्छ’ १ महिना पहिले | संसार न्यूज़

मनोज ज्ञवाली सिइओ ज्योति बिकास बैङक नेपाली बैङकका सीईओहरु मध्ये…

सबैको आइपिओ तपाईलाई पर्यो कति ?

सबैको आइपिओ तपाईलाई पर्यो कति ? ४ हप्ता पहिले | संसार न्यूज़

१० साउन, काठमाडौँ । कम्पनीले तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय…

हिमाल दोलखा हाइड्रोपावरको आईपिओ निस्कासन आजबाट

हिमाल दोलखा हाइड्रोपावरको आईपिओ निस्कासन आजबाट १ महिना पहिले | संसार न्यूज़

२५ असार । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि आईपिओ निष्काशन…

शेयरमा उछाल आएको समाचार ब्रोकरको बदमासी : नियामकको ध्यान जाओस्

शेयरमा उछाल आएको समाचार ब्रोकरको बदमासी : नियामकको ध्यान जाओस् १ महिना पहिले | संसार न्यूज़

३१ असार, काठमाडौँ । मंगलबार शेयर कारोबार हुनेबित्तिकै नेप्से परिसुचक…

आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु, शुक्रबारदेखि घोडाघोडी लघुवित्तको पनि शेयर बिक्री

आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु, शुक्रबारदेखि घोडाघोडी लघुवित्तको पनि शेयर बिक्री १ महिना पहिले | संसार न्यूज़

२२ असार । साधारण शेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आजदेखि…

झन आकासिँदै सुनको भाउ, व्यवसायी भन्छन्-‘हामी नै अलमलमा छौ’

झन आकासिँदै सुनको भाउ, व्यवसायी भन्छन्-‘हामी नै अलमलमा छौ’ २ हप्ता पहिले | संसार न्यूज़

२२ साउन, काठमाण्डौं । विश्व बजारमा देखिएको आर्थिक प्रभावका कारण…