Sansar News

नर्वेमा भव्यरुपमा तिज मनाईदैं

संसार न्यूज़
२ हप्ता पहिले
नर्वेमा भव्यरुपमा तिज मनाईदैं

प्रेम परियार, नर्वे । नेपाली पोर्तुगिज समाज (NEPOS ) ले नर्वे यहि २५ अगस्त २०१९ आईतबारको दिन ओस्लोस्थित loren को Peter Mollers Vei 4A को हलमा नेपाली महिलाहरुको महानपर्व हरितालिका तिज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

सधै झैँ यसबर्ष पनि नर्वेमा बस्ने सम्पूर्ण नेपालीहरुलाई समेटेर सामुहिक रुपमा तिजको दरखाने तथा तिज बिशेष सांस्कृतिक साँझ कार्यक्रम गर्ने भएको हो । विश्वको जुनसुकै स्थानमा रहेता पनि आफ्नो रिति रिवाज र कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालका चर्चित कलाकार सहिमा श्रेष्ठका साथमा कलाकार बिष्णु क्षेत्री र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कार्यक्रम रहेको छ । सामुहिक रुपमा मानिने यस प्रकारका कार्यक्रमले सम्पूर्ण नेपाली संघसंस्था बीच आपसी समझदारी अझ प्रगाढ रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई भव्यरुपमा सफल र ब्यबस्थित बनाउन संघका अध्यक्ष रत्न सापकोटाको संयोजकत्वमा ७ ग्रुपमा २३ सदस्य आयोजक तयारि समिति समेत गठन गरि कार्य बिभाजन गरिएको छ । आ-आफ्नो जिम्मेवारी पूरा गर्दै अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सापकोटाले बताएका छन् । नर्वेमा रहेका क्रियाशिल नेपाली संघसस्थालाई सामुहिक रुपमा तिज कार्यक्रम गर्न आव्हान समेत गरिएको जानकारी प्राप्त भएको छ ।

सो कार्यक्रमा करिव ३०० जना उपस्थित हुने अनुमान गरिएको छ ।

सर्बाधिक पढिएको

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

मकाउबासी नेपालीलाई सचेत रहन अध्यक्ष थापाको अनुरोध

मकाउबासी नेपालीलाई सचेत रहन अध्यक्ष थापाको अनुरोध ३ दिन पहिले | संसार न्यूज़

३ भाद्र, मकाउ । हङकङमा चलिरहेको सरकार विरोधि प्रदर्शनले उग्ररुप…

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर ३ हप्ता पहिले | संसार न्यूज़

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु…

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी ४ हप्ता पहिले | संसार न्यूज़

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ…

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर १ महिना पहिले | संसार न्यूज़

१० जुलाई, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चुनाव…

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल ४ हप्ता पहिले | संसार न्यूज़

२७ जुलाई, युएई । नेपाली सहयोगी हातहरु युएईको २६ जुलाईमा…