Sansar News

पर्सामा प्लास्टिकको चामल बिक्री

संसार न्यूज़
१ हप्ता पहिले
पर्सामा प्लास्टिकको चामल बिक्री


२४ साउन, पर्सा । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।

छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए । प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।

सर्बाधिक पढिएको

वर्षा र बाढीका कारण मृत्युहुनेको संख्या ३० पुग्यो, १८ वेपत्ता

वर्षा र बाढीका कारण मृत्युहुनेको संख्या ३० पुग्यो, १८ वेपत्ता १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । विहिबार रातिदेखि आएको अविरल वर्षा तथा…

घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परे इन्जिनियर यादव

घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परे इन्जिनियर यादव ४ हप्ता पहिले | संसार न्यूज़

३ साउन, सर्लाही । रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इन्जिनियर रामजी…

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ४ हप्ता पहिले | रासस

३ असार, लहान । सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य…

सवारी दुर्घटनामा परी एकको मृत्यु

सवारी दुर्घटनामा परी एकको मृत्यु १ महिना पहिले | संसार न्यूज़

३० असार, धनुसा । धनुषामा भएको सवारी दुर्घटनामा परी १…

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ १ महिना पहिले | रासस

२४ असार, लहान । प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित…

वन विवाद संवैधानिक इजलासमा सुनुवाई हुने

वन विवाद संवैधानिक इजलासमा सुनुवाई हुने २ हप्ता पहिले | संसार न्यूज़

१८ साउन, काठमाडौँ । सर्वोच्च अदालतले सङ्घीय सरकारविरुद्ध प्रदेश नं…