Sansar News

गुल्मी जिल्ला समाज युकेको १३ औं बार्षिक भेला सम्पन्न

संसार न्यूज़
२ हप्ता पहिले
गुल्मी जिल्ला समाज युकेको १३ औं बार्षिक भेला सम्पन्न

९ जुलाई, वेलायत । गुल्मी जिल्ला समाज युकेको १३ औं बार्षिक भेला भव्यरुपमा सम्पन्न भएको छ ।

समाजले विविध सांस्कृतिक कार्यक्रम तथा बार्षिक समर भेटघाटसहित अल्डरसटको कनर्ट स्कुलमा १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

गुल्मी सत्यवती गाउँपालिकामा गएको पहिरोबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण समेत गरिएको उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओम प्रसाद थापाको प्रमुख आतिथ्यता, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरको विशेष आतिथ्यता र समाजका पूर्वअध्यक्षहरु अर्जुन गौतम र राम गलामीद्धारा संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

समाजका अध्यक्ष टोप पल्लीको सभापतित्व, महासचिव एवं कार्यक्रमका प्रमुख संयोजक वीर बलाल र सचिव मन्जु भण्डारीको सञ्चालन, कार्यक्रमका सहसंयोजक एवं उपाध्यक्ष मतिप्रसाद पुनको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगर, अर्का उपाध्यक्ष शेर सुनार, सल्लाहकार फडिन्द्र भट्टराई, चक्र राना, मिडल्याण्डका एनआरएनए अगुवा दयानिधी सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बर्मिङघम, नटिंघम, लेस्टर, पिटरवरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट झण्डै एक हजारको संख्यामा गुल्मेलीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बेलायतस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।

विशेष कारणवस कार्यक्रमको अन्तिममा आएका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा गुल्मेली समाजले नेपाली कला, संस्कृतिको जर्गेना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै गुल्मेलीहरुले एकता, सद्भाव र मातृभूमि प्रेमलाई समेत दर्शाएको भन्दै प्रसंसा गरेका थिए ।

नौमती बाजा गुल्मी समूहको विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा सहभागीहरुले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि गुल्मेली ठाडो भाका, झ्याउरे, तीज गीत, भजनकृतन लगायतमा नाचगान समेत गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका लोकदोहोरी गायक प्रसाद खप्तरी मगर, गायिका सुनिता परियार र फिनल्याण्डबाट आएका गायक नविन भट्टराईले विभिन्न लोकदोहोरी प्रस्तुति गरेका थिए भने, गरिमा भट्टराई, शिक्षा पौडेल, रिमा भण्डारी, दिपक मैथाने लगायतका स्थानीय कलाकारहरुको आकर्षक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाजका नयाँ आजीवन सदस्य तथा विभिन्न शैक्षिक सफलता हासिल गरेका विद्यार्थीहरु, कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सल्लाहकार गोकर्ण बस्नेत, मिन दर्लामी, उपाध्यक्ष मोती पुन, राम सापकोटा लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

सर्बाधिक पढिएको

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

मकाउबासी नेपालीलाई सचेत रहन अध्यक्ष थापाको अनुरोध

मकाउबासी नेपालीलाई सचेत रहन अध्यक्ष थापाको अनुरोध ३ दिन पहिले | संसार न्यूज़

३ भाद्र, मकाउ । हङकङमा चलिरहेको सरकार विरोधि प्रदर्शनले उग्ररुप…

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर ३ हप्ता पहिले | संसार न्यूज़

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु…

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी ४ हप्ता पहिले | संसार न्यूज़

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ…

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर १ महिना पहिले | संसार न्यूज़

१० जुलाई, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चुनाव…

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल ४ हप्ता पहिले | संसार न्यूज़

२७ जुलाई, युएई । नेपाली सहयोगी हातहरु युएईको २६ जुलाईमा…