२४ साउन, काठमाडौँ । दैैलेखका वडा सचिव गणेश प्रसाद रिजालसहित दुईजना माथि मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ३ का सचिव गणेश प्रसाद रिजाल र कुलबहादुर शाही विरुद्ध मुद्दा दायर गरेको हो ।
सशस्त्र द्वन्द्धको समयमा बेपत्ता तथा ज्यान गुमाएकाको परिवार तथा द्वन्द्ध पीडितलाई राहतस्वरुप उपलब्ध गराएको रकममा एउटै व्यक्तिको फरक फरक नामबाट सिफारिस बनाई मृतक र बेपत्तासमेत भनी राज्यको दोहोरो राहत रकम उपयोग गरेको आरोपमा द्वय रिजाल र शाही विरुद्ध मुद्दा दायर गरिएको हो ।
सचिव रिजाल र मृतकका बाबु कुलबहादुर शाही मिलेर उक्त रकम हिनामिना तथा दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा आयोगले अनुसन्धान गरी दैलेखका वडा सचिव रिजाल र बुवा शाही बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
उनीहरुले आफ्नो पदको दुरुपयोग गरी एउटै ब्यक्तिको मृत्युलाई दुईवटा हुन् भनी दोहोरो राहत रकम १० लाख रुपैयाँ हिनामिना गरेर भष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।