Sansar News

नक्कली नोट छाप्ने चार व्यक्ति पक्राउ

संसार न्यूज़
१ हप्ता पहिले
नक्कली नोट छाप्ने  चार व्यक्ति पक्राउ


२४ साउन, कैलाली । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । (रासस)

सर्बाधिक पढिएको

आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण

आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण ३ हप्ता पहिले | विमलबहादुर विष्ट

१२ साउन, डोटी । जिल्लामा पछिल्लो समय आधुनिक कृषि यन्त्रमा…

छाउ नबार्नेलाई पाँच हजार पुरस्कार दिने गाउँपालिका अध्यक्षको घोषणा

छाउ नबार्नेलाई पाँच हजार पुरस्कार दिने गाउँपालिका अध्यक्षको घोषणा ३ हप्ता पहिले | संसार न्यूज़

१० साउन, काठमाण्डौं । छाउपडी प्रथा (महिनावारी) का कारण धेरै…

वर्षात्मा छाउपडीलाई कठिन, छाउगोठमा बस्ने डरले सङ्गीनी सुईको प्रयोग

वर्षात्मा छाउपडीलाई कठिन, छाउगोठमा बस्ने डरले सङ्गीनी सुईको प्रयोग २ हप्ता पहिले | संसार न्यूज़

२० साउन, कैलाली । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा…

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार ४ हप्ता पहिले | दुर्गा देवकोटा

९ साउन लम्की । कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका…

किन रोग लुकाउँछन् महिला ?

किन रोग लुकाउँछन् महिला ? ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, डोटी । समाजमा हुने लाजका कारण आङ अर्थात्…

श्रीमानसँग मिलेर प्रेमीको हत्या

श्रीमानसँग मिलेर प्रेमीको हत्या १ महिना पहिले | संसार न्यूज़

२६ असार, धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६…