Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने, पहिलो खेल हङकङसँग

संसार न्यूज़
२ महिना पहिले
नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने, पहिलो खेल हङकङसँग


२४ साउन, काठमाडौँ । नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथा असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ । उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ । ओमान क्रिकेट सङ्घले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो ।

आइसीसीले उक्त प्रतियोगिता खेल्न अनुमती दिएपछि नेपालले खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् । रासस

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…