Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : बाजे

कृष्ण पी ठटाल
४ महिना पहिले
कविता : बाजे

मेरो घरमा सँधै
बूढो खोकी गुन्जीरहन्छ
बूढो खोकी अर्थात मेरो बाजे ।

बाजेको खोकी भनेको
बिहान उठ्नु
बेलुकी सुत्नुको साइरन हुन ।

बाजे भनेको
बरण्डा हुन्
आराम कुर्सी हुन्
मनतातो टर्रो चिया हुन् ।

बाजे भनेको
पुरानो देवल धडी
बिग्रीएको मर्फी रेडियो
अनि बोजुको
तितो मीठो सम्झना हुन् ।

बाजेको औंला भनेको
दरिलो भरोसा हुन्
बाजेको कन्धा भनेको
बेवस्ता यात्रा हुन्
बाजेको ढाँड भनेको
खेल्ने घोडा हुन्
बाजेको खुट्टा भनेको
रमाउँदै मच्चिने पिङ हुन् ।

यति मात्र कहाँ हो र
बाजे भनेको
सन्तकोलोज हुन् ।

बाजे भनेको
दंशैको अक्षता हुन्
सावनको नुवागी हुन्
दक्षिणाको पोको हुन् ।

ए साच्चै त
बाजे भनेको नि
हाम्रो कुल पनि त हुन् ।

नागरी फार्म दार्जिलिङ्ग

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…