back

लघुकथा : घर भित्रको कुरा

वि.सं.२०७६ साउन २५ शनिवार

174 

shares
NTC AD
Global IME AD

पुस्तैनी शिरिखुरी सकेर अनि सहयोगी मनको हैँसेले ब्लडमनि तिरेर परदेशको जेलबाट मुक्तभई घर फर्केको महिना दिन पनि नबित्दै बुबाको देहावसान भयो ।

बनलाने बेला, काइलाकाका भन्नू हुन्छ ’क्रीस्चियन रीतले अन्त्येष्टि गरौँ ।’
साइला बुरुक्क उफ्रियो ’वुद्ध धर्मानुरुपले शरीरको अंग काटेर गिद्ध र चीललाई ख्वाएर पुण्य कमाउन पर्छ । दाइ वुद्ध धर्मतिर जाने मनसाय बनाई सक्नु भएको थियो ।’
माइला चर्कियो’ अहँ ! हुदैन, प्राकृतिक धर्म अनुरुप चिहान बानाएर राख्नु पर्छ । हामी बस्तु चराउन जाँदा पनि दाइलाई नमन गर्न पाइन्छ । कुनै रुखले उहाँको नश्वर जीवनबाट नुतन शक्ति पाउने छ्न् ।’
कान्छा चिच्यायो ‘पक्का हिन्दुधर्मअनुरुपम चिता जल्न पर्छ । शङ्ख फुक्नु पर्छ । दाइले गीतापुजेर पुसे धुनी बसिसक्नु भा’थ्यो । रुद्राक्ष र चन्दन घोट्ने सिलौटो अझै होलान् ।’

छोरीले परदेशबाट ल्याएको जुवाई समेतले अशुद्ध नेपाली बोल्दै भन्यो ‘होइन बुबाको काजकिरिया इस्लाम धर्मले गरौंँ । अल्ला मान्ने कुरा उहाँ भित्र थियो ।’

परदेशबाट आको छोरो चुपचाप छ । विबादले छक्काल टर्दै थियो । सिकुवामा अलपत्र थियो बुबाको लास । गाउँले भने मुस्मुस हांँस्दै भन्दै थिए, ‘घर भित्रको कुरो ।’

ठेगाना त्रि.न.पा-११, संगमटोल, उदयपुर

वि.सं.२०७६ साउन २५ शनिवार ०८:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...