Sansar News- Nepal's Fast Khabar Online News Portal

कथा : २१ वर्ष

संसार न्यूज़
२ महिना पहिले
कथा : २१ वर्ष

नलानुस म्याम, तपाइँले सक्नु हुन्न यस्लाइ । लुकिलुकि गाजा र चुरोट खाने यस्लाइ त पुलिसको जिम्मा लगाउनु पर्छ ।’ होस्टेल वार्डेन रमेश सर राहुललाइ मैले लैजाने कुरामा पटक्कै सहमत हुनु भएको थिएन ।

‘उस्का बुबा आमा हुनु हुन्न ?’ मैले सोधेँ ।

‘भैगो म्याम, यस्को कुरै नगरौं । यति बुझ्नुस, यो आजैदेखि यहाँ बस्दैन ।’
रोइ रहेको राहुललाइ होस्टेलबाट लिएर हिडेको सम्झन्छु । उस्लाइ लिएर घर पुग्दा रात छिपिइसकेको थियो ।

भोलिपल्ट उस्लाइ आफ्नो कोठामा बोलाएर सोध्दा उस्को वास्तविकता उस्ले यसरी सुनायो ।

हामी अर्थात म र भाइ कैलालीमै जन्मिएका हौं । हाम्रो ठूलो परिवारमा हजुरबुबा, हजुरामा, काका, काकी सबै हुनु हुन्थ्यो । बुबा र काका दुवै सरकारी जागिरे, घरमा खान लाउनको दुख थिएन । मैले कक्षा १० को पढाइ सकेको वर्ष भाइ भर्खर ३ कक्षामा पढ्दै थियो । त्यही वर्ष बुबाले भ्रस्टाचार गर्नु भएको समाचार पत्रपत्रिकामा छ्यापछ्याप्ती आउन थाल्यो । प्रहरीले बुबालाइ खोज्न थालेपछि बुबा भागेर इण्डिया जानू भयो । आमाले सहन नसकेर आत्महत्या गर्नु भएपछि मलाइ सहन निकै गाह्रो भयो । म पढाइमा निकै तेज केटो तर म पढ्नुको सट्टा साथीहरूको नराम्रो सङ्गतले गाजा बटुल्ने र चुरोट तान्ने गर्न थाले । एकदिन हजुरबुबाले थाहा पाएर धेरै पिट्नु भयो र मलाइ सुधार्न कलेज भर्ना गरेर होस्टेलमा राखी दिनु भयो । तर, जे गरे पनि मेरो लत छुटेन र अब पनि छोड्न सक्छु भन्ने लाग्दैन ।

राहुल रोइ रोइ थाकेको जस्तै देखिएको थियो ।
‘म तिमीलाइ हजुरबुबा भएको ठाउमा लागि दिन्छु । अब माफी माग र राम्रो बाटो रोज ।’ धेरै बेर सम्झाएपछि मैले निकालेको निष्कर्षमा राहुल रमाएन बरू घर नफर्किने कुरा गर्यो । अन्तत : मैले नै राहुलको परिवारसङ्ग कुरा गरेर राहुलको जिम्मा लिए ।

समय र स्नेहले राहुल र मलाइ आमा र छोराको नातामा जोडेको दुई वर्ष पुगेको दिन थियो । राहुलले सदाझै मलाइ कफी ल्याएर दियो । कफी पिउन थालेदेखि नै मेरो टाउको भारी भएको थियो, पछि म बेहोस भएछु । होसमा आउँदा म अस्पतालमा र राहुलले आत्महत्या गरेको पुष्टि भयो ।

सुसाइड नोटमा राहुलले लेखेको थियो, “ममी, म तपाईमा आफ्नी आमाको रङ भेट्न नसक्ने अभागी छोरो हु । उमेरले आफ्नो र अर्काको छुट्याउने भै सकेको म, मैले न आफ्नो अतीतलाइ भुल्न सके न तपाईलाई आमाको रूपमा स्वीकार्न नै । तपाई नै मेरो पीडाको कारण हो जस्तो लाग्यो, त्यो पीडा जस्लाइ म व्यक्त गर्न सामाथ्र्य थिइन । हो ममी, म तपाईलाई आदर्श आमाभन्दा बढी श्रीमतीको रूपमा हेर्न थालेपछि मैले तपाईलाई मार्न कफीमा बीष हालेर खुवाए । तपाई मात्र बेहोस हुनु भएको बुझेपछि अतालिए । खै के सोच आयो, तपाईलाई मार्न सकिन र आफै मरे । ममी, मलाइ माफ गरि दिनु, म हजुरको असल छोरो बन्न सकिन ।’

जीवनमा उमेर के हो बिर्सिएर परिस्थितिसँग अनि आफ्नै सोचसँग बग्दै हिड्ने मैले त्यो पल भने आफ्नो उमेर बिर्सन सकिन, २१ वर्ष ।

ठेगाना : रानीबुँ ललितपुर

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…