Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : हाम्रो आदिम गीत !

रवि रोदन, जुम सिक्किम
४ महिना पहिले
कविता : हाम्रो आदिम गीत !

मेरा पुर्खाहरु
उहिले गीत गाउँथे रे
निडर बेधडक भएर
गीत गाउँथे हरे
आदिम गीत
प्रेमको
विश्वासको
मिलापको
अस्तित्वको
अधिकारको
…………..
…………..
……………
त्यो गीतमा कस्तो राग थियो कुन्नि….??

जिब्रोमा किला ठोकेर
म्युजियम बाहिर राखिएको छ
एउटा मान्छेको टाउको
त्यसको अनुहारमा किन हो किन…??
म आफैलाई देख्छु
तर म त बोली रहेछु
मेरो जिब्रो त्यस्तो लामो पनि कहाँ छ र
लामो कुरा गर्ने
लामो नि छैन छोटो नि छैन
हैट…
आफ्नो जिब्रो आफै निल्छु कि बोल्ने बेलामा…??
त्यसो भए मसिन लाएर जिब्रो तन्काएर
किला ठोक्ने हुन् कि कान हुनेहरुले..!

हैकमवाद गर्नेहरुको
एउटा लस्कर छ
उनीहरु यस गल्लीबाट भएर जाँदा
नबोल्नु हरे
नत्र म्युजियम बाहिर किला ठोकेर
टाउको झुण्डाई दिन्छन् हरे
डरपोक
कायर
जे भन्नुहोस्
बरु मर्छु
म त बोल्दिन ।

बोल्नेहरु सहिद बनेर
मनको क्यानभसमा
झझलको बनेर डराइ रहन्छन्
नबोल्नु बेस
महाशय
नबोल्नेहरुको लाटो देशमा
बोल्नु त अपराध हो
त्यसैले जे भन्नुहोस्
बरु मर्छु
म त बोल्दिन ।

लाटो चेतना
लाटो पहाड
लाटो देश
लाटो सपना
लाटो जिब्रोहरुको भीडमा
एउटै पनि मुख लाग्ने भेटिए
उ कन्फर्म सहिद बन्छ ।

पुर्खाहरुको रगत रातो थियो
तातो थियो
हाम्रो नि रातो रगत
तर हिउँ जस्तो जमेको छ
र त जिब्रोले आदिम गीत गाउन सक्दैन ।

बारुदको गन्ध सुँघन सके
र आगोको रापमा
यी बोनसाइ जिब्रोहरु पोल्न पाए
अहा ! कति चटकार हुनथ्यो जिब्रोको स्वाद ।

सत्यको चाकरी गर्न नसक्ने टाउका
र त्यसभित्रका जिब्राहरु
डरलाग्दा साँपहरु जस्तो देख्छु
जो हर बखत कसैलाई ठुंगेर माथि उक्लन खोज्छ
मसित नि जिब्रो हो कि सर्प…??

बिचारा गान्धी
र उनका तीन मध्ये एक बाँदरलाई सम्झन्छु
जसले मरीकाटे जिब्रो बाहिर निकालेन
नत्र म्युजियम बाहिर त्यस मान्छेको सट्टा
बाँदरको जिब्रोमा किला ठोकेको हुन्थ्यो ।

म्युजियम बाहिरको
किला ठोकेको जिब्रो देख्दा यस्तो नि लाग्छ
स्वर्गबाट ईश्वर यता धर्ती छिरे
ईश्वरले नि बोले किला ठोकिन्थ्यो जिब्रोमा ।

म्युजियम बाहिर
किला ठोकिएको मान्छे
ईश्वर हुन् कि..??

महाशय
नबोलु भन्दा भन्दै यति त बोलिएछ उखानमा
नबोल्नेहरुको लाटो देशमा
बोल्नु त अपराध हो
त्यसैले जे भन्नुहोस्
बरु मर्छु
म त बोल्दिन ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल १ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…