Sansar News

कविता : स्वाभिमान मर्नु हुदैन

बुद्ध प्रकाश सिंह, दाङ
२ हप्ता पहिले
कविता : स्वाभिमान मर्नु हुदैन

म त फगत पात्र मात्र हुं
आज छु भोली नहुन सक्छु
आउने आईरहन्छन,जाने गइरहन्छन
तर
स्वभिमान अटल रहनुपर्छ
स्वाभिमान डगमगाउनु हुँदैन
स्वाभिमान अलमलिनु हुँदैन
त्यसैले म मरेर गएपनि
स्वाभिमान मर्नु हुँदैन ।

जीवन मेरो बगोस् नबगोस्
खडेरी भिजोस् नभिजोस्
सेती, महाकाली र रापती
कोशी, नारायणी र भेरी
बग्न छोड्नु हुदैन
बागमती पशुपतिनाथको आशिर्वाद बनेर
कर्णालीले मानसरोवरको महिमा पछ्याउदै
मन मनमा आस्था बोकेर
बग्न छोड्नु हुदैन
स्वाभिमान मर्नु हुदैन ।

चारजात छत्तीस वर्णकों फुलवारी हाम्रो
प्राकृतिक सम्पदा र संस्कृति राम्रो
अनेकतामा एकताको उपमा हामी
यंहा भाई लडाउन खोज्ने हरु पनि छन
घरमा आगो झोसेर
रमाउनेहरु पनि छन
त्यसैले मानवता मर्नु हुदैन ।
हरेक सांझ लुकामारी खेलझै
अस्ताउने सूर्य
नयाँ आयाम र सन्देश बोकेर
हरेक बिहानी उदाउँन छाड्नु हुदैन
डांफे र मुनालको सुन्दरता संगै
कोईलीले शान्तिको गीत
गाउन छोड्नु हुदैन
त्यसैले स्वाभिमान मर्नु हुदैन ।

हामी मौलिकताको धनि
मौलिकता मास्नु हुँदैन
घर घरमा मौलिकता बोल्नु पर्छ
अध्याँरोमा उज्यालोभै बल्नुपर्छ
कान्ला ,उकाली र चौतारीहरुमा
नेपाली झ्याउरे बज्नुपर्छ
रयाप,प्यारोडी र पप होइन
बासुरी र मादल घन्किनुपर्छ
मेची देखि महाकाली
राष्ट्रीयता बग्नु पर्छ
त्यसैले स्वाभिमान मर्नु हुदैन

बुद्धको देश गर्व गर्छौ हामी
तर अशान्ति हामी भित्रै
त्यसैले घर घरमा
शान्ति दिप बल्नुपर्छ
तानातान होइन, हानाहान होइन
भाईचारा बढ्नु पर्छ
नेपालीको हात हातमा
शान्तिको चिराग बल्नुपर्छ
सगरमाथाको उचाईमा मात्र होइन
नेपाली मन मनमा
नेपाली स्वाभिमान बाच्नु पर्छ
त्यसैले स्वाभिमान मर्नु हुदैन

सर्बाधिक पढिएको

म शालिकराम नै हो !

म शालिकराम नै हो ! २ दिन पहिले | बलराम तिमिल्सिना

म शालिकराम पुडासैनी पत्याउँनु भएन ? हो क्या हो म…

कविता : छौँडाहरू

कविता : छौँडाहरू १ महिना पहिले | सञ्जीव पौडेल

समृद्धिको चकमन्न उज्यालो बाँडिरहेको सरकारलाई गौँडा गौँडा कुरेर सेतो अवरोध…

कविता : विवशता

कविता : विवशता ४ हप्ता पहिले | सुमित्रा थामी ‘अविरल’

बुद्धको देशमा शान्ति खोज्दै हिडेको यात्री श्मशान घाटमा तपस्य बसेको…

कविता-भोकाएका ए समृद्धिहरू !

कविता-भोकाएका ए समृद्धिहरू ! १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

काग कराउन त कराए का का गरेर तर गिद्धै बसेको…

अन्तिम श्रद्धाञ्जली

अन्तिम श्रद्धाञ्जली ४ हप्ता पहिले | उमेशकुमार सिटौला, तेह्रथुम

ॐ ॐ ॐ ॐ ॐ । न चोट पायौ न…

कविता : मेरा गुरु

कविता : मेरा गुरु ३ हप्ता पहिले | टि एन बिस्वामित्र

मेरा गुरु उनले सिद्धान्त पढाए, दर्शन शास्त्रको ठेली बोकेर मानवताको…