Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : अहंम

राधा पाण्डे, गैंडाकोट, नवलपुर
४ महिना पहिले
कविता : अहंम

स्मृतिका तरङ्गले
पटकपटक काउकुती लगाउँछ
कल्पनाका आँधी बेहरीले
मुटु हल्लाउँछ
भतभत पोल्छ पश्चातापले
बरु खटाउँछ यातनाहरु
पटक्कै हलचल गर्दैन–अहंम ।

बुझ्छ या अबुझ बन्छ
सिमानाको स्तम्भझै
डेग चल्दैन ।

कति अडिग छ
वास्तविकताको गहिराइ कहाँसम्म छ कुन्नि ?
चारैतर्फ छ साँध सिमाना–अहंमको
पर्खाल पर्दा–अहंमको ।

आखिर !
जीवन भन्नुनै
कर्कलाको पातमा सल्सलाउने
एक थोपा पानी नै त हो ।

मात्र एक थोपा पानीको जीवन
जुन दिशा तर्फ सहज छ
बगिदिए हुन्थ्यो सल्सल्
अहँ !
कहाँ बग्न सक्छ र
रोक्न जीवनको गति
मात्र अहंमको शेष काफि छ ।

यही अहंमको सानो ठुटोले दुखाउनु दुखाउँछ
सम्बन्धहरु
साइनोहरु
मनका एक, एकपत्रहरु
मुटुका पानाहरु
मायाका पालुवाहरु ।

आखिर !
गतिशील हुँदाहुँदै पनि
न त तरल भएर बग्छ
यो मान्छे भित्रको अहंम
न त बाफ बनेर उड्छ
यो मान्छे भित्रको अहंम ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल १ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…