back

कविता : शहरको सभाकक्ष

वि.सं.२०७६ साउन २५ शनिवार

222 

shares
NTC AD
Global IME AD

शहरको एउटा चोक,
एउटा कक्षमा
कविहरु जम्मा भएछन्
कविता सुन्न र सुनाउन
त्यहि चोकको
अर्को कक्षमा
नेता भन्नेहरु जम्मा भएछन्
भाषण छाँटेर, जनता सुताउन
देश बेचेर, सिंहदरबार बचाउन
अचम्म लाग्न थालेको छ,
कस्ता–कस्ता भैँसीहरु छन् यहाँ
आजभोलि त मात्र पालिन्छन् मःम बनाउन
मेरो देशमा, जनताले नेता पाले जस्तै ।

भन्दै थिए कविहरु, आफ्ना सिर्जनामा
दोधारे, दोमुखे र पाखण्डीहरुको
जगजगी फैलिएको छ यहाँ
ज्युँउदै मलामी बनेकाहरु,
पिछा लागेका छन् त्यहि पाखण्डीको यहाँ ।
सत्यको सेतो ढोकामा
दाग लागेको छ त्यहाँ
डराएर झुम्मिन्छन् उज्यालोमा पुतली,
रातको अध्यारोमा
जसरी स्वार्थले झुम्मिएका छन् कलुषित मानिस यहाँ ।

त्यसैले त, ऊ वरिष्ठ कवि भएको छ यहाँ
देश बेचेर, सिंहदरबार जोगाउने
सम्माननिय नेता भएको छ यहाँ
विडम्बना !
अरुको पुच्छरमा आगो सल्काएर
न्यानो तापिन्छ यहाँ ।
इज्जत भएकाहरुलाई पो,
इज्जत जाने डर हुन्छ
इमान बेचेर सडेकाहरुलाई,
देश बेच्न पनि के–को डर यहाँ ?
सबै आफ्ना ठेक्का,
भनेर बसेका लठ्ठकहरुलाई
आफ्नो धोती खुस्केको के थाहा यहाँ !
यसैगरी,
कविहरु चिच्चाई रहेकाथिए, विकृतिको बारेमा
नेताहरुको भेला सक्किदै थियो
पानीको मुहान बेचेर,
पानी कम्पनी प्रवद्र्धन गर्ने सम्झौता गरेर
आ–आफ्ना सम्मेलन सकिदै थिए
कसैले याद गरेनछ,
साहित्यकारहरु अराजक बन्दै गए
होसियार!!! भनी लेखिएको व्यानर थियो
त्यहि चोकमा ।

[email protected]

Mobile no.-9851059950

Ghattekulo-29,Kathmandu

वि.सं.२०७६ साउन २५ शनिवार ०९:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...