Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : कश्मिरी कहर !

बलराम तिमिल्सिना
११ महिना पहिले

आज पर्यो कश्मिरीलाई
भोलि हाम्लाई पर्न सक्छ !
छिमेकी छ साँध मिचाहा ,
जैले जे नि गर्न सक्छ !

हिजो सिक्किमलाई निल्यो
भूटान छ थिलथिलो !
हामीलाई नि दुखिरा’छ
सुगौलीको चाल्ने पिलो !
आज पर्यो अरुलाई
भोलि हाम्लाई पर्न सक्छ !
छिमेकी छ हाँडी घोप्टे,
उल्टा सिधा गर्न सक्छ !

बोल न्याय समानता
स्वतन्त्रता सोच्नेहरू !
कश्मिरीको दुख देख्दा
आफ्नो मुटु घोच्नेहरू !
हाम्लाई पनि भविष्यमा
यस्तै दुख पर्न सक्छ !
छिमेकी छ हरामजादा
थिचोमिचो गर्न सक्छ !

आँशु लाग्छ कश्मिरको
ऐले चुप बस्यौं भने !
के बोल्ने के नबोल्नेको
दोधारमा फस्यौं भने !
विपत्तिको ठेगान हुन्न
जहिले पनि पर्न सक्छ !
छिमेकी छ कप्टी खुनी
षडयन्त्र गर्न सक्छ !

२०७६÷०४÷२५
भक्तपुर

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…