Sansar News- Nepal's Fast Khabar Online News Portal

त्रिदेशीय साझेदारीको विषयमा लक्ष्मण पन्तको थप बहस

संसार न्यूज़
२ महिना पहिले
त्रिदेशीय साझेदारीको विषयमा लक्ष्मण पन्तको थप बहस

नेपाल कम्युनिष्ट पार्टीका नेता लक्ष्मण पंत लिखित नेपाल भारत तथा छिमेक : चार दशकका मुख्य घटना शीर्षक पुस्तक पाठकहरुको हातमा केहि दिनमै आइपुग्दैछ । पुस्तकमा नेपाल, भारतसहित दक्षिण एसियाका पाकिस्तान, श्रीलंका, बंगलादेश र मालद्वीपमा विगत तीन–चार दशकमा घटेका केही महत्वपूर्ण राजनैतिक घटनालाई विवेचनात्मक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । अमेरिकालाई समेत आर्थिक र सामरिकरुपमा उछिन्ने अवस्थामा रहेको महाशक्ति राष्ट्र चीनसित जोडिएका महत्वपूर्ण प्रसँगहरु समेत पुस्तकमा परेका छन् ।

पुस्तकमा परेका केहि बिषय
भारतमा सन् साठीको दशकको उत्तरार्धतिरबाट सुरु भएको नक्सलवाडी आन्दोलनलाई समेत पुस्तकमा प्रमुखताका साथ समेटिएको छ । त्यसबाहेक मुख्यरुपमा दक्षिण एसियामा सन् असीको दशक र त्यसपछिको कालखण्डमा घटेका केही महत्वपूर्ण राजनैतिक घटना पुस्तकका विषयवस्तुहरु हुन् । प्रस्तुत पुस्तकको केन्द्रीय विषय भारतको छिमेकी देशहरुसितको सम्बन्ध रहेको छ । त्यसो त उल्लेखित अवधिमा यस दक्षिण एसियाली भूभाग र चीनमा अन्य अनेकौं राजनैतिक, सामरिक, आर्थिक र साँस्कृतिक उथल–पुथलका घटनाहरु घटेका छन् तर प्रस्तुत पुस्तकमा नेपाल, नेपालको राष्ट्रियता, नेपालको जनजीवन, जनजीविका तथा नेपाल–भारतबीचको सम्बन्धसित जोडिएका महत्वपूर्ण पक्षहरुमाथि प्रभाव पार्ने मुख्य–मुख्य घटनाहरुलाई पुस्तकको मूल सामग्रीका रुपमा राखिएको छ ।

भारतमा सन् साठीको दशकको उत्तरार्धतिरबाट सुरु भएको नक्सलवाडी आन्दोलनलाई समेत पुस्तकमा प्रमुखताका साथ समेटिएको छ । त्यसबाहेक मुख्यरुपमा दक्षिण एसियामा सन् असीको दशक र त्यसपछिको कालखण्डमा घटेका केही महत्वपूर्ण राजनैतिक घटना पुस्तकका विषयवस्तुहरु हुन् । प्रस्तुत पुस्तकको केन्द्रीय विषय भारतको छिमेकी देशहरुसितको सम्बन्ध रहेको छ । त्यसो त उल्लेखित अवधिमा यस दक्षिण एसियाली भूभाग र चीनमा अन्य अनेकौं राजनैतिक, सामरिक, आर्थिक र साँस्कृतिक उथल–पुथलका घटनाहरु घटेका छन् तर प्रस्तुत पुस्तकमा नेपाल, नेपालको राष्ट्रियता, नेपालको जनजीवन, जनजीविका तथा नेपाल–भारतबीचको सम्बन्धसित जोडिएका महत्वपूर्ण पक्षहरुमाथि प्रभाव पार्ने मुख्य–मुख्य घटनाहरुलाई पुस्तकको मूल सामग्रीका रुपमा राखिएको छ ।

भारतले नेपाललाई आफनो नियन्त्रणमा लिनका लागि लोकतन्त्र र राजनैतिक परिवर्तनको एजेन्डाका अतिरिक्त व्यापार र पारवहनको विषयलाई अर्को निर्णायक अस्त्रका रुपमा प्रयोग गर्दै आएको छ । भारतले भने अनुसारको राजनीतिक सुधारका लागि नेपाल सहमत नहुँदा वा नेपालले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकका रुपमा आपनो समुद्रसम्मको मार्गमा पुग्ने अधिकारको प्रयोग गर्न खोज्दा उसले जहिल्यै व्यापार र पारवहनको अस्त्र प्रयोग गरी नेपाललाई झुकाउन सफल भएको छ । ०२७ सालको संक्षिप्त नाकाबन्दी, ०४६ सालको नाकाबन्दी र ०७२ सालको नाकाबन्दी यसको द¥हो प्रमाण हो ।

संसारभरी र यस दक्षिण एसियाको भूभागमा पनि बीसौं शताब्दीका अन्तिम दुई–तीन दशक उथल–पुथलकारी रहेका छन् । चीनमा महान सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भएलगत्तै माओत्से तुङको निधन र देङशियाओ पिङको उदय विश्व राजनीतिमा अत्यन्त गहिरो प्रभाव पार्ने दुई महत्वपूर्ण परिघटनाहरु हुन् । यसै अवधिमा दशकौंदेखि शत्रुतापूर्ण बनेको चीन र अमेरिकाको सम्बन्ध सुध्रिएको थियो । यसको प्रभाव भारत र नेपालको राजनीतिमा पनि स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसैगरी नब्बेको दशकमा सोभियत संघको विघटन हुनु मानव इतिहासमा घटेको अर्को सर्वाधिक महङ्खवको घटना हो । यसको प्रभाव भारतीय उपमहाद्वीपमा सर्वाधिकरुपमा परेको थियो । सोभियत संघको विघटन लगत्तै भारत र नेपालजस्ता मुलुकहरुले उदारीकरणका नीतिहरु अवलम्बन गरेका थिए ।

सन् असीको दशकमा हिन्द महासागरको अत्यन्त महत्वपूर्ण टापु देश श्रीलंकामा कस्ले प्रभुत्व कायम गर्ने भन्ने प्रतिस्पर्धा अमेरिकी र सोभियत ब्लकबीच चल्दा त्यहाँ तमिल पृथकतावादी आन्दोलनले टाउको उठाएको थियो । तीन दशकसम्म चलेको त्यस युद्धमा सैनिक र गैरसैनिक गरी दुई लाख जनताले ज्यान गुमाएका थिए । श्रीलंकाका तमिलहरुले सञ्चालित गरेको पृथकतावादी आन्दोलनलाई दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण घटनाका रुपमा लिन सकिन्छ । सशस्त्र संघर्षका रुपमा अगाडि बढेको यो आन्दोलन गत शताब्दीको असीको दशकदेखि २१ औं शताब्दीको पहिलो दशकसम्म जारी रहेको थियो । विश्वको राजनीतिक समीकरणमा आएको परिवर्तन र भारतको अमेरिकी ब्लकसितको निकटता सँगै श्रीलंकाको जातीय युद्ध कमजोर बन्दै गएको थियो ।

मन्त्रीमण्डल विघटन गर्ने महेन्द्रको कदमलाई नेहरुले खेदजनक बताएका थिए । साथै उनको यो पनि कथन थियो कि नेपालका घटनाहरुमाथि आलोचना गर्ने काम मेरो होइन । उनी चीन र अमेरिकाको द¥हो समर्थन जुटाउन सफल भएका राजा महेन्द्रलाई थप चिढाउने पक्षमा थिएनन् । नेहरुको उपरोक्त कथन सन्तुलित देखिएता पनि भारतीय सञ्चारमाध्यम र विभिन्न दलका भारतीय नेताहरु नेपाल विरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका थिए । मुख्य नेतृत्व लचिलो हुने र अन्य पक्षहरुलाई कठोर रुपमा प्रस्तुत गराउने भारतीय कूटनीतिको यो आपनै विशेषता थियो ।

अन्ततः २००९ को मे महिनामा लिट्टे र श्रीलंकाली सेना बीचको युद्ध मोर्चामा प्रभाकरन मारिएपछि पृथकतावादी आन्दोलन पूर्णरुपमा समाप्त भएको थियो । प्रस्तुत पुस्तकमा यस विषयमा विस्तारमा चर्चा गरिएको छ । श्रीलंकाको राष्ट्रवादी धाराको प्रतिनिधित्व गर्ने जेभीपी (जनता विमुक्ति पेरेमुना)का पोलिटब्यूरो सदस्य तथा सांसद विमल रत्नायकेको अन्तरवार्ताले श्रीलंकाली जनताको भारतप्रतिको दृष्टिकोणलाई प्रस्तुत गरेको छ । उनले आपनो अन्तरवार्तामा श्रीलंकाली जातीय समस्यामाथि समेत प्रकाश पारेका छन् ।

भारतले नेपालमा अस्थिरता सृजना गर्नका लागि मानव ढालका रुपमा भारतीय नेपालीहरुलाई समेत प्रयोग गर्ने गरेको छ । पूर्वाेत्तर भारतबाट हजारौं नेपालीहरुलाई विदेशी भगाऊ अभियान अन्तर्गत अवैधानिक आप्रवासीको बिल्ला भिराएर सन् सत्तरी र असीको दशकमा नेपाल पठाइनु भारतको त्यसै नीतिको परिणाम हो । बेलाबेलामा भारतले भनेको नेपालले नमान्दा भारतले कथितरुपमा पालेका ६० लाख नेपालीहरुलाई नेपाल पठाइदिने भनेर नेपाललाई विविध माध्यमबाट दिएको धम्कीबाट यो स्पष्ट हुन्छ

भुटानी जनताको भारतप्रतिको धारणालाई भुटानका चर्चित ब्लगर वाङ्चा साङ्गेको सोही अध्यायको अन्तमा प्रस्तुत विचारले प्रतिनिधित्व गरेको छ । लेखकको विचार यस पुस्तकमा भुटानका पूर्व प्रधानमन्त्री र ब्लगर साङ्गे दुवैको अन्तरवार्ता सामेल गर्ने रहेको थियो, तर विविध माध्यमबाट गरेको त्यो प्रयास सफल हुन सकेन । ढिलो चाँडो भुटानले आपनो स्वतन्त्र विदेश नीति अवलम्बन गर्न थालेको संकेत देखा पर्दैछ । चिनिया विदेश उपमन्त्री हालै भुटानको यात्रा गरेर फर्केका छन् ।

गोर्खाल्यान्ड आन्दोलनबारे आन्दोलनका अगुवा र लोकप्रिय नेता विमल गुरुङ वा आन्दोलनका अन्य आधिकारिक व्यक्तिहरुसित लिन चाहेको अन्तरवार्ता पनि सफल हुन सकेन । नेपाल र नेपालका नागरिकहरुसित भारतीय नेपालीहरुको संवाद र सहकार्यलाई न्यूनीकरण गर्ने नीति दिल्ली र कोलकाताको रहेको यहाँ विशेष उल्लेखनीय छ ।

त्रिदेशीय साझेदारी भारत तथा चीन दुवै मुलुकसित नेपालले समदूरीको सम्बन्ध कायम गर्ने, भारतीय सुरक्षा घेराबाट नेपाललाई बाहिर निकाल्ने एउटा महङ्खवपूर्ण अस्त्र बन्न सक्दछ । तर समस्या कहाँ छ भने भारतले नेपाललाई बफर राज्य ठान्ने बेलायती शासनकालीन मानसिकता अझै त्याग्न सकेको छैन । नेपालजस्तो कमजोर मुलुकले कसरी भारत तथा चीनजस्ता दुई विशाल छिमेकी राष्ट्रहरुका बीचमा साझेदारी गराउन सक्तछ वा जोड्न सक्तछ भन्ने मानसिकता भारतीय नीति निर्माताहरुमा रहेको देखिन्छ । नेपालले दुवै छिमेकीसित लागू गर्न खोजेको समदूरीको सम्बन्ध भारतका लागि पाच्य हुन सकिरहेको छैन ।

नब्बेको दशकमा सोभियत ब्लकको विघटनपछि एक्काइसौं शताब्दीको चालु दशकमा अमेरिका र नाटो ब्लक क्रमशः कमजोर हुँदै जानु र महाशक्ति राष्ट्रका रुपमा चीनको उदय हाम्रो समयमा घटिरहेको विश्वको एउटा सर्वाधिक महत्वपूर्ण घटना हो । यसले विश्व राजनीतिमा लामो समयदेखि कायम रहेको शक्ति सन्तुलन र समीकरणलाई आगामी दशकमा पूर्णरुपले बदल्ने सम्भावना प्रबल बनेर गएको छ । दक्षिण एसियामा पनि यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । हालैका महिनाहरुमा मालद्वीप र भुटान जस्ता साना र कमजोर राष्ट्रहरुले समेत आपनो स्वतन्त्रता र सार्वभौमसत्तामा जोड दिन थालेका छन् । नेपाल आत्मविश्वासका साथ भारत र चीन दुवै मुलुकसित समान स्तरमा सम्बन्ध विकास गर्ने दिशातिर अगाडि बढिरहेको छ । स्वयम् भारतमा पनि शीतकालीन विदेश नीतिको धङधङीबाट मुक्त हुन र चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र सहकार्य गर्नका लागि राज्यमाथि जनदबाब सृजना हुँदैछ । किनकि त्यहाँ सन् ७० को दशकदेखि राजनीति र ब्युरोक्रेसीमा पकड जमाएको पुस्ता रिटाएर हुने क्रममा छ भने नब्बेको दशकदेखि राजनीति र ब्यूरोक्रेसीमा प्रवेश गरेको पुस्ताको हातमा भारतीय राज्यको नेतृत्व पुग्दैछ जसले छिमेक र सबै मुलुकहरुसँग समानताका आधारमा दुइपक्षीय सम्बन्ध कायम गर्ने कुरामा विश्वास राख्दछ ।

शीतयुद्धको अन्त भैसकेको अवस्था एकातिर र अर्कोतिर विश्वको शक्ति सन्तुलन तीव्रताका साथ बदलिइरहेको वर्तमान सन्दर्भमा यो विश्वास गर्न सकिन्छ कि अब एसिया, अफ्रीका र ल्याटिन अमेरिकी राष्ट्रहरु जसरी विगतको लामो कालखण्डसम्म शक्ति राष्ट्रहरुको प्रत्यक्ष वा परोक्ष उपनिवेश बन्न अभिशप्त थिए त्यो स्थितिकोे अन्त हुनेछ । दक्षिण एसियाका कमजोर राष्ट्रहरु पनि शक्तिशाली राष्ट्रहरुको डर र धम्कीबिना आपनो स्वतन्त्र आर्थिक, सामरिक र परराष्ट्र नीति अवलम्बन गर्न सफल हुनेछन् ।

नया दिल्ली नेपालसहित पूरै दक्षिण एसियालाई आपनो प्रभाव क्षेत्रमा राख्न चाहन्छ तर त्यसमा ऊ हमेशा विफल हुने गरेको छ । यसै कारण उसले भुटानबाहेकका सबै छिमेकीहरुलाई आफूभन्दा टाढा पु¥याएको छ ।

पुस्तकमा उल्लेख भएका राजनैतिक घटनाक्रम र ती ऊपर गरिएको छलफलबाट उपरोक्त निष्कर्ष तत्कालै निकाल्न नसकिएता पनि संसारका सानाठुला शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रहरुको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रतालाई सम्मान गर्दै सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन । भलै यसको गति मन्द वा तीव्र हुन सक्दछ । युद्ध, रक्तपात, भोकमारी, गरीबी, असमानता र भेदभावबिनाको नयाँ विश्व र नयाँ दक्षिण एसिया निर्माणको विकल्प छैन । प्रस्तुत पुस्तक यसै तर्करेखाको वरपर केन्द्रित रहेको छ ।
( अध्याय ८ मा विभाजित यो पुस्तक परीशिष्ट र महत्वपूर्ण दस्तावेज समेत गरी ३५६ पृष्ठमा आउने बताइएको छ ।)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…