Sansar News- Nepal's Fast Khabar Online News Portal

शिक्षक लाईसेन्स : माध्यामिक तह नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

संसार न्यूज़
२ महिना पहिले
शिक्षक लाईसेन्स  : माध्यामिक  तह नेपाली  विषयको  नमुना वस्तुगत प्रश्नोत्तर

२६ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले यही साता मात्र लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । आयोगले यस वर्षबाट विषयगत रुपमा अध्यापन अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो । समयक्रमसँगै प्रतिस्पर्धामा पनि जटिल बन्दै जाने देखिन्छ । त्यसै अनुरुप बस्तुगत प्रस्न (बहुबैकल्पिक ) अङ्कभारमा ४० निधार्रण गरिएको छ ।
यसपालादेखि नै आयोगले वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको २० प्रतिशत अङ्क कट्टा गरिने भएको छ त्यसैले पनि प्रतिस्पर्धा झन जटिल बन्दै गएको देखिन्छ ।

शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज तपाईकै आवश्यकतालाई मनन गर्दै माध्यामिक तहको नेपाली विषयको वस्तुगत प्रश्न लिएर आएका छौँ ।

यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही सम्भावित वस्तुगत प्रश्नको संगालो ।

विषय : नेपाली पूर्णाङ्क :४०

तह : माध्यामिक

समय : ४० मिनेट

१. आधुनिक नेपाली कथाको प्रथम धारा कुन हो ?
क. सामाजिक यथार्थवादी धारा ख. मनोबैज्ञानिक धारा
ग. प्रगतिवादी धारा घ. प्रयोगवादी धारा

२. आयामेली आन्दोलनको सुरुवात कहिले भएको हो ?
क. वि.सं. २०३० ख. वि.सं. २०३२
ग. वि.सं. २०२० घ. वि.सं. २०२२

३. स्वैरकल्पनात्मक कथाकार भनेर कसलाई चिनिन्छ ?
क. इन्द्रबहादुर राई ख. मनु ब्राजाकी
ग. धु्रवचन्द्र गौतम घ. मोहनराज शर्मा

४. आधुनिक नेपाली कथामा समसामयिक धाराको सुरुवात पहिलेबाट भयो ?
क. वि .सं. २०३० ख. वि.सं. २०३२
ग. वि.सं. २०३६ घ. वि.सं. २०३८

५. ‘एक बसाइमा पढी सकिने र आफैँमा पूर्ण कथात्मक कृति कथा हो ’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली

६. ‘कथा सानो आँखीझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ’ यो भनाइ कसको हो ?

क. महाभारत ख. एड्गर एलेन पो

ग. देवकोटा घ. गुरुप्रसाद मैनाली


७. जीवनजगत्लाई सजिलै बुझ्ने तथा आर्दशमा अनुबन्धित भएका पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा

ग. आञ्चलिक घ. मौलिक

८.‘ शब्द र अर्थले युक्त भएको पदावली काव्य हो’यो भनाइ कसको हो ?
क. विश्वनाथ ख. भामह
ग. जगन्नाथ घ. रुद्रट

९. रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कथालाई के भनिन्छ ?
क. उपन्यास ख. नाटक
ग. कथा घ. एकाङ्की

१०. अलङकारमा तुलना गर्नका लागि तोकिएको अर्काे वस्तुलाई के भनिन्छ ?
क. उपमेय ख. उपमान
ग. वाचक घ धर्म

११. ‘तिमी जुन हौ’ भन्ने वाक्यमा ‘तिमी चन्द्र हौ’ भन्दा पनि अर्थमा परिवर्तन आएको छैन भने यहाँ कुल अलङ्कार प्रयोग भएको छ ?
क. शब्दालङ्कार ख. अर्थालङ्कार ग. अलङ्कार घ. उपमा

१२. वर्णहरु भाषामा कसरी देखा पर्दछन् ?
क. अर्थभेदक भएर ख. अर्थअभेदक भएर ग. साधक भएर घ माथिका सबै

१३. नेपाली भाषाले कहिलेदेखि छापायुगमा प्रवेश पाएको हो ?
क. वि.सं.१९४८ ख. वि.सं.१९५८ ग. वि.सं.१९४० घ.
वि.सं.१९८५

१४. नेपाली भाषामा आधुनिकता भित्राउने पत्रिका कुन हो ?
क. शारदा ख. माधवी ग. गोरखापत्र घ. गोर्खासंसार

१५. कुनै वस्तु वा व्यक्तिको आकृति र त्यससम्बन्धी अवधारणा आदिलाई मस्तिष्कमा प्रतिच्छाँयाका रुपमा प्रस्तुत गर्ने कार्यलाई के भनिन्छ ?
क. विम्ब ख. प्रतीक

ग. अलङ्कार घ. व्यङ्ग्य

१६. भारोपेली परिवारका भाषलाई शतम् र केन्तुम गरी कसले विभाजन गरेका हुन् ?
क. भाषविद् अस्कोली ख. भाषाविद् नोम चम्स्की ग. भाषाविद् हकेट घ. भाषाविद् सस्युर

१७. भारोपेली भाषा परिवारलाई कुन कुन नामले पनि चिनिन्छ ?
क. इन्डो युरोपियन ख. इन्डो हिट्रेली ग. इन्डो जर्मनिक घ. माथिका सबै

१८. नाटकमा अभिनयका प्रकार कुन कुन हुन्छन् ?
क. आङ्गिक र वाचिक ख. सात्विक
ग. आहार्या घ. माथिका सबै

१९ वाक्यको संरक्षक घटक कुन होइन ?
क. पद ख. पदावली ग. अनुच्छेद घ. उपवाक्य

२०. रिक्त रुप प्रयोग भएको शब्द कुन हो ?
क. गुरुङसेनी ख. खान्छ ग. बजार घ. हरि

२१. कुन रसलाई रसहरुको राजा भनिन्छ ?
क. शृङ्गार ख. वीर ग. करुण घ हास्य

२२. नेपाली भाषामा देवनागरी लिपिका कति वटा व्यञ्जन वर्णहरु मात्र व्यतिरेकी अवस्थामा छन् ?
क. २४ ख. २६ ग. २९ घ ३६

२३. .वाक्यमा कुनै काम, घटना, अवस्था स्थिति बुझाउने शब्दलाई शब्दलाई के भनिन्छ ?

क. नाम ख. सर्वनाम
ग. विशेषण घ. क्रियापद

२४. राम पुस्तक पढ्छ । यो कुन वाक्यको उदाहरण हो ?
क. सरल वाक्य ख. मिश्र वाक्य ग. संयुक्त वाक्य घ. पूर्ण वाक्य

२५. एउटा उद्देश्य र एउटा विद्येय भएको वाक्यलाई के भनिन्छ ?
-सरल वाक्य

२६. कुनै विशेष परिवेशमा व्यतिरेकी भएर आउने ध्वनिलाई के भनिन्छ ?
-वर्ण

२७. वत्स्र्य व्यञ्जन वर्ण कुन हो ?
क. क् ख. थ् ग. ठ्
घ. ब

२८. जा + छ जान्छ । यसमा के भएको छ ?
क. लोप ख. आदेश ग. आगम घ. क्रमपरिवर्तन

२९. कुनै लिखित वा मौखिक अभिव्यक्तिलाई पढेर वा सुनेर त्यसमा निहीत भाव ग्रहण गर्ने प्रक्रियालाई के भनिन्छ ?
क. बोध ख. अभिव्यक्ति ग. सुनाइ घ. बुँदाटिपोट

३०. विज्ञापनमा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ?
क. सन्देशमूलक ख. चित्रात्मक

ग वर्णनातमक घ. सूत्रात्मक

३१. चिठी पत्रको मुख्य उद्देश्य के हो ?

क. सूचना सम्प्रेषण गर्नु ख. चिठी लेख्नु

ग. जानकारी लिनु घ. कुनै पनि होइन

३२. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क. शीर्ष ख. सहयोगी ग. सारांशीकृत घ. पहिलो

३३. बोध केका लागि गरिन्छ ?
क. पठन ख. श्रवण ग. बोध घ. अभिव्यक्ति

३४. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्छ ?
क. सिङगोसंवादभित्र ख. कोष्ठक भित्र

ग. संवादको अन्त्यमा घ. संवादको अग्रभागमा

३५. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन ग. सिर्जनात्मक लेखन घ. बैद्धिक लेखन

३६.व्यावहारिक लेखनअन्तर्गत नपर्ने रचना कुन हो ?
क. सूचना ख. विज्ञापन ग. चिठी घ. निबन्ध

३७. लिखित सामग्रीको बोध गर्नका लागि कुन पठन बढी उपयोगी हुन्छ ?
क. मौन पठन ख. सस्वर पठन ग. द्रुत पठन घ. लिखित पठन

३८. अनुच्छेदको समग्र भाव कहाँ रहेको हुन्छ ?
क. शीर्ष भाव ख. सहयोगी भाव ग. सारांशीकृत वाक्य घ. अन्उ वाक्य

३९. ………. सहभागी हुने पात्रहरुलाई आफ्ना आफ्ना पक्षमा तर्कहरु पेश गर्दै आफ्नो पक्षको पुष्टि र विपक्षीका तर्कहरुको खण्डन गर्दछन् ।
क. संवाद ख. वक्तृता ग. वादविवाद घ. मनोवाद

४०. वक्तृतालाई कुन नामले चिनिन्छ ?
क. भाषण ख. प्रवचन ग. मनोवाद घ. क र ख दुवै

अर्काे दिन वस्तुगत प्रश्नको तयारी कसरी गर्ने भन्ने बारेमा महत्वपूर्ण टिप्स लिएर आउने छौं ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…