Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकाबाट जितमानले दिए पर्यटनमन्त्रीलाई यस्तो सुझाव

संसार न्यूज़
११ महिना पहिले
अमेरिकाबाट जितमानले दिए पर्यटनमन्त्रीलाई यस्तो सुझाव

अमेरिकामा रहेका जितमान बस्नेतले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलाई यस्तो सुझाव दिएका छन् ।

उनले पर्यटनमन्त्रीले सुझाव मागेको बताउँदै सामाजिक संजालमार्फत् यस्तो सुझाव दिएका हुन् ।


यस्तो छ जितमानको बुँदे सुझाव
१-सरकारी कामकारबाही चुस्त, सहज बनाउन पहल गर्नुस् । भिसा सर्भिस अनलाइन गराउनुस् । ऋऋ त्ख् लाई चुस्त र ब्यवस्थित बनाउनुस् । काम सकिए पछि हरेक सेवाग्राहीलाई मूल्यांकन फाराम भर्न अनिबार्य गराउनुस् । सेवाग्राहीको रिभ्युको आधारमा कर्मचारीको सेवा सुबिधा तय गर्ने ब्यबस्था गर्नुस् । गुनासाहरु आफूसम्म पुग्ने ब्यवस्था गर्नुस् ।

२-एअरपोर्टबाट काठमाडौका मुख्य–मुख्य ठाउँ जाने पब्लिक बस सेवा शुरु गर्नुहोस् । बिश्वका अन्तर्राष्ट्रिय बिमानस्थलमा बस र ट्रेन शर्भिस राखिएको हुन्छ । यसो भो भने ट्याक्सिको दादागिरी कम हुनेछ र यात्रुले सहज यात्रा गर्न पाउनेछन् ।

३- एअरपोर्ट नजिकै खोलिएका सेकुवा कर्नर बन्द गराउनुस् । प्लेनबाट बाहिर निस्किने बित्तिकै ह्वास्स आउने सेकुवाको गन्धले आर्यघाटको अनुभुती गराउछ । एअरपोर्ट बाहिर बगैँचा बनाउनुस् । एयरपोर्टमा रहँदा सेकुवाको गन्ध होइन, फुलको बास्ना आओस् ।

४- काठमान्डू लगायत अन्य पर्यटकिए स्थलमा माग्न र बलजफ्ती सामान भिडाउने काम बन्द गराउनुस् । यसले पर्यटकमा नराम्रो प्रभाव पार्नेछ ।

५- हेलिकप्टर सेवालाइ प्रभाबकारी बनाउनुस् । बन्द हडताल, खराब मौसमले काठमाडौ आगमनमा अबरोध खेपीरहेका पर्यटकको रेस्क्यु शर्भिस उपलब्ध गराउन पहल गर्नुस् । त्यसो हँुदा पर्यटक उनीहरुको गन्तब्यमा पुग्न सहज हुन्छ ।

६- सडकमा फोहोर फ्यांक्न प्रतिबन्ध लगाउनुस् । सडक पेटिमा बालबालिकालाई माग्न लगाउने अभिभावकलाई कामकारबाही गर्ने ब्यबस्था गर्नुस् । यसले देशको अबस्था अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो देखाउछ । सडक बालबालिका, मानसिक संतुलन गुमाएका र घरबार बिहिन मान्छेहरुलाई उद्दार केन्द्र बनाउन पहल गर्नुस् ।

७- तपाइमा धेरैले आशा र भरोसा गरेका छन् । नमुना बनेर देखाउनुस् । हाम्रो सुभकामना ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…