back

सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

वि.सं.२०७६ साउन २६ आइतवार

192 

shares
NTC AD
Global IME AD


२६ साउन, रोल्पा । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।
जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए ।
गाउँपालिका भएर बग्ने लुङ्ग्री नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।
सो नदीआसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुङ्गा र री भनेको पानी अर्थात् ढुङ्गाबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् ।
नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए ।
सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेशा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए । (रासस)

वि.सं.२०७६ साउन २६ आइतवार ११:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र...

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि...

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

घोराही (दाङ) । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको...

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला...

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल...