Sansar News

७८ वर्षीय आमाको पौरख, छतमा तरकारी !

संसार न्यूज़
१ हप्ता पहिले
७८ वर्षीय आमाको पौरख, छतमा तरकारी !

५० वर्ष नाघेपछि आफूलाई बुढ्यौली लाग्यो भनेर सकेसम्म काम नगर्ने र अल्छि पारामा शरीरलाई माया गरिरहनेहरुको संख्या निकै रहेको बर्तमानमा काठमाडौँ महानगरपालिका वडा नं १५ डल्लु, की स्थानीय वासिन्दा ७८ वर्षीय मोतीमाया डंगोल उदाहरणीय व्यक्तित्व हुन् । यो उमेरमा पनि उनी दिनभर केही न केही गरिरहन्छिन । उनको मेहनत परीणामविहिन छैन । उनको घरको छतमा पुग्दा देखिने हरियाली मोतीमायाकै खटाइ हो । लटरम्म खुर्सानी फलेको छ । छतमै कुरिलो, लौका, घिरौला, कर्कला, करेलो लगाइएको छ । 

 ‘पहिला ५–६ रोपनी जग्गा थियो, खेतीपाती पनि हुन्थ्यो, तर तल्सिङले बेचेपछि अहिले ३ रोपनी जग्गा मात्र छ । धेरै खेत नभए पछि कौसीमा तरकारी लगाउन लागेको’ मोतीमाया सुनाउँछिन् । अहिले ३ रोपनी जग्गामा १२ वटा गोदाम, सटर, घर बनेर बाँकी रहेको जग्गामा अम्बा, एभोकाडो र आँपका बोटहरु छन् ।     मोतीमायाको श्रीमान पनि उनलाई कहिलेकाहिँ सघाउँछन्, तर उनले बढि समय सामाजिक काममा दिनेहुँदा कौसीमा धेरै समय मोतीमायाकै बितेका छन् ।

     ‘खाली जग्गामा आलु पनि लगाइन्थ्यो तर घरको सेपले हुनछाडेपछि लगाउन छाडियो’ बुहारा तारा डंगोल भन्छिन् ‘आफ्नो छतमा नभएका केही तरकारी मात्र किन्छौँ, ७ जनाको हाम्रो परिवारलाई खानपुग्छ, १० वर्ष त खुर्सानी नकिनेको भयो । आमा छतमा तरकारी स्याहार्न व्यस्त हुनुहुन्छ, हामीआमाको खुशीका लागि केही भन्दैनौँ, उहाँको खुशी नै हाम्रो खुशी हो ।’

शरीरमा सुगर, युरिकएसिड, प्रेसर छ, तर समय रह्यो की उनको समय कौसीमा बित्ने गर्दछ । ‘यति काम नगर्ने हो भने त थलै पर्थें होला’ मोतीमाया उत्साहित हुँदै भन्छिन् । मल के हाल्नु हुन्छ भन्ने संसारन्युजले जिज्ञासा राख्दा ‘तरकारीका सुकेकापातहरु भाँडामा राखेर बाल्छु अनि त्यहि खरानी राख्ने गर्दछु ।’ आफ्नै मेहनतले फलाएको लसुन देखाउँदै मोतीमाया फुरुङ बन्छिन् ।  वर्षौँ देखि कौसी खेतीगर्दै आएपनि उनी आधुनिक कौसी खेतीबारे भने त्यति जानकार छैनन । उनी आफ्नै अनुभवका आधारमा सिजन अनुसारको तरकारी उत्पादन गर्छिन् । आफूसँग नभएको बिउ पसलबाट किनेर ल्याउँछिन् भने धेरैको बिउ त आफ्नै कौसीबाटै निकाल्छिन् उनले । उनले कौसीमा तरकारी फलाएको देखेरै थालेका वरपरका छिमेकीहरुका प्राय घरमा पनि कौसीखेती देख्न सकिन्छ ।

७८ वर्षपुग्दा पनि उनको हँसिलो मुहार देख्दा ६०–६५ जस्तो देखिन्छिन् उनी । चलिरहनु स्वास्थ्यको लागि राम्रो हो, बुहारी तारा भन्छिन् ‘घरमा आउनेहरु तिमीभन्दा सासु तरुनी भन्छन्, मिलाएर कपडा लगायो भने त आमा हिरोनी जस्तो देखिन्छ भन्छन्’ उनी हाँस्दै भन्छिन्, ‘आमाको यो उमेरमा हामी यति सक्रिय हुन के सकिएला र !’ 

परम्परागत रुपमा आफ्नो उपभोगका लागि मात्र उत्पादन गरे पनि त्यो परिवारले किन्दा खर्च हुने बराबरको रकम राज्यलाई व्यापार घटाउन योग्दान पुग्छ भन्ने मान्यता मान्ने हो भने काठमाडौंवासीहरुले प्रत्येक करेसा, कौसी  र गमला खेतीबाट उत्पादन हुने परीमाणले अर्थतन्त्रमा राम्रै योगदान पुयाउँछ ।    

उनका छोरा सुवर्णमान डंगोल च्याउ विशेषज्ञ हुन् । उनीपनि आमाले कौसी तरकारी खेती गरेकोमा खुशी छन् । अष्ट ज अभियानसँग भर्खर भर्खरै जोडिएपछि उनले आफ्नो खाली जग्गामा अष्ट ज सहकारीका अर्गानिक तरकारीहरु हप्ताको एक पटक बेच्ने बताएका छन् ।

‘यी आमा मोतीमायाले गरेको उदाहरण उपत्यकामा संप्रेषण गर्न सके स्वस्थ तरकारीको उपभोगको साथै आयातका लागि गएको धनराशि समेत देशमै सञ्चिति हुने’ विश्वास अष्ट ज अभियन्ता माधव गजुरेलको रहेको छ ।

सर्बाधिक पढिएको

७८ वर्षीय आमाको पौरख, छतमा तरकारी !

७८ वर्षीय आमाको पौरख, छतमा तरकारी ! १ हप्ता पहिले | संसार न्यूज़

५० वर्ष नाघेपछि आफूलाई बुढ्यौली लाग्यो भनेर सकेसम्म काम नगर्ने…

पाल्पामा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक साइलेज उत्पादन शुरु

पाल्पामा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक साइलेज उत्पादन शुरु ४ हप्ता पहिले | सुशीला रेग्मी

८ साउन, बेझाड । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने…

जडीबुटी उत्पादनमा लगानी

जडीबुटी उत्पादनमा लगानी ४ हप्ता पहिले | रासस

९ साउन, बलेवा । तराखोलागाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी…

बाढी र डुबानले पशु आहारा जुटाउन सकस

बाढी र डुबानले पशु आहारा जुटाउन सकस ४ हप्ता पहिले | गोपालप्रसाद बराल

९ साउन, बर्दिवास । महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको…

सूर्यमुखीखेतीबाट राम्रो उत्पादन भएपछि कृषक उत्साहित कृषि

सूर्यमुखीखेतीबाट राम्रो उत्पादन भएपछि कृषक उत्साहित कृषि ४ हप्ता पहिले | रासस

७ साउन, रामपुर । पाल्पामा सूर्यमुखी खेतीबाट राम्रो उत्पादन लिन…

बेलायतमा इन्जिनियरिङ गर्दै आएका मल्ल देश फर्केर माछा पालनमा रमाउँदै

बेलायतमा इन्जिनियरिङ गर्दै आएका मल्ल देश फर्केर माछा पालनमा रमाउँदै २ हप्ता पहिले | संसार न्यूज़

२१ साउन, दमौली । बेलायतमा इन्जिनियरिङ पेशामा जम्दै गरेका तनहुँका…