back

एनआरएनए फ्रान्सको अध्यक्षमा नरेन्द्र शाहीले उम्मेदवारी दिने

वि.सं.२०७६ साउन २६ आइतवार

135 

shares
NTC AD
Global IME AD

फ्रान्स । एनआरएनए फ्रान्सको निर्वाचन जतिजति नजिकीदैंछ चुनावी सरगर्मी उतिनै तातेको छ ।

विभिन् पदमा उम्मेदवारी घोषणा हुने क्रम बढेसंगै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको अध्यक्षमा हालका महासचिव नरेन्द्र शाहीले उम्मेदवारी दिने बताएका छन् ।सन् २००८ मा फ्रान्स आएका बुटवलका नरेन्द्र स्पष्टवक्ता, अनुभवी,जिम्मेवारीपूर्ण नतिजासहित काम गर्ने समाजसेवी र परोपकारी व्यक्तित्वका रुपमा परिचित छन् ।

संसारन्यूजका लागि अनिष त्रिपाठीसंग कुरा गर्दै नरेन्द्रले भने’ मेरो उम्मेदवारी नेपाली समाज फ्रान्समा रहेको विभिन्न समस्याहरुलाई सम्बोधन र समाधान गर्न, हामी माझ अत्यावश्यक रहेको नेपाली घर निर्माण गर्न, उच्च शिक्षा निम्ति फ्रान्समा नेपाली विद्यार्थीहरुको वृद्धिसंगै आएका विभिन्न समस्याहरुको समाधानको निम्ति हुने छ ।

अध्यक्ष पदका लागि प्रत्यासी उम्मेदवार नरेन्द्र शाहिले आफ्नो उम्मेदवारी बारे यसरी प्रष्ट पारेका छन् ।

‘गैरआवसिय राष्ट्रिय समन्वय परिषद फ्रान्सको अध्यक्षमा मेरो उम्मेदवारी’
’आदरणीय फ्रान्सबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु एवं पञ्जिकृत सदस्य महानुभावहरु, सामाजिक अभियन्ताहरु, अग्रजहरु र पत्रकार मित्रहरुमा मेरो नमस्कार ।
मेरो समाज सेवाको भावना र सहभागिता नेपालदेखि नै रहि आएको छ ।


Rotract Club Of Butwal (२००३-२००४) कार्यकालको अध्यक्ष,बुटवल जेसिज लगायत विभिन्न संघ संस्थाहरुमा विभिन्न जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गरिसकेको छु । यहाँ आएर एककार्यकाल एकता समाज फ्रान्सको सचिव हुदै, ल्च्ल्ब् फ्रान्समा विगत देखि आबद्ध रहि निम्न जिम्मेवारीहरु पूरा गरि सकेको छु ।

मिति २०११-२०१३ सम्म सहकोषाध्यक्ष,
२०१३-१५ सम्म कोषाध्यक्ष,
२०१५-१७ सम्म महासचिव र २०१७–२०१९ को अहिले कार्यकालमा पनि पुन ः महासचिवको जिम्मेवारी निभाइ रहेकोछु ।


विभिन्न कालखण्डमा विभिन्न पदमा रहेर काम गरे पश्चात् मैले महसुस गरेको र सिकेको समाजसेवा भित्रको मर्म र भावना लाई अझै बढि प्रभावकारि रुपमा यसै साझा संस्था मार्फत थप कार्य उदेश्य अनुरुप आगामी अगस्ट १८ मा २०१९-२०२१ कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा युवा जोश र जाँगर साथ आफूलाई एनआरएनए फ्रान्सको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।

मेरो प्रतिबद्धताहरु तथा एजेण्डाहरु लिएर छिटै आउदै छु ।’

एनआरएनए फ्रान्सको २ पटकसम्म महासचिव भै काम गरि सकेका नरेन्द्र शाही, यो चुनावमा आफूलाई फ्रान्समा रहेको नेपाली समुदायले समर्थन गर्ने र निर्वाचित भएर आगामि दिनमा यहाँ रहेका गैरआवासिय नेपालीहरुको हितको पक्षमा कृयाशिल रहिरहने बताएका छन् ।

वि.सं.२०७६ साउन २६ आइतवार १३:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...