Sansar News- Nepal's Fast Khabar Online News Portal

बालयौन दुराचारको आरोपमा जेलपरेका एप्स्टाइनले गरे जेलभित्रै आत्महत्या

संसार न्यूज़
४ महिना पहिले
बालयौन दुराचारको आरोपमा जेलपरेका एप्स्टाइनले गरे जेलभित्रै आत्महत्या


२६ साउन ,न्यूयोर्क । बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।

एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरुलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ ।

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले संघीय थुनामै रहेका बखत एप्स्टाइनको मृत्युले आफू स्तब्ध भएको बताए । उनले एक वक्तव्य जारी गर्दै एप्स्टाइनको जेलभित्रै भएको मृत्युले उत्पन्न गरेका सुरक्षासम्बन्धी गम्भीर प्रश्नको उत्तर खोजी गर्नुपर्ने पनि बताए ।

संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो । तत्कालै अस्पताल पु¥याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै मृत घोषणा गरिएको थियो । ६६ वर्षीय एप्स्टाइनलाई अदालतले पनि जमानत दिन अस्वीकार गरेको थियो । उनले आफू निर्दोश रहेको बताउँदै आएका थिए ।

अमेरिकी न्यायाधीवक्ता जियोफ्री बर्मानले पनि संघीय अनुसन्धान जारी रहने बताएका छन् । एप्स्टाइनसँग जोडिएका अरु व्यक्तिको खोजी गरी कानुनको कठघरामा ल्याउन अनुसन्धान र कार्यवाही अघि बढ्ने पनि उनले जानकारी दिए ।

कारागारका एक पदाधिकारीले एप्स्टाइनले कागारभित्र यसअघि नै आत्महत्या गर्न खोजेको देखिएपछि उनको हातको नाडीमा विशेष घडी जडान गरिएको बताएका छन् । आत्महत्या गर्नेक्रममा उनले हातको नाडीमा बाँधिएको घडी फुकालेको पाइएको थियो । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…