Sansar News- Nepal's Fast Khabar Online News Portal

सापकोटाद्धारा एनआरएनए फ्रान्सको अध्यक्षमा उम्मेदवारी घोषणा

संसार न्यूज़
२ महिना पहिले
सापकोटाद्धारा एनआरएनए फ्रान्सको अध्यक्षमा उम्मेदवारी घोषणा

११ अगस्त, फ्रान्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको अध्यक्षमा हरिप्रसाद सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अगस्त १८ मा हुन गइरहेको एनआरएनए फ्रान्सको आठौं अधिबेशनमा सापकोटाले २०१९–२०२१ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपालमा लामो समय शैक्षिक क्षेत्रमा काम गरेका सापकोटा एक विद्यालयको प्राध्यापक समेत रहेका थिए । उनी नवलपरासी जिल्लामै सामाजिक अभियन्ताका रुपमा परिचित छन् । सन् २००४ मा फ्रान्स पुगेका उनी सन् २००७ देखि नै संघको कार्यसमितिमा सक्रिय रहेर काम गरिसकेका छन् ।

सापकोटा २००९-२०११ मा महासचिव, २०११-१३ मा उपाध्यक्ष तथा २०१५ देखि हालसम्म सल्लाहकार रहेर एनआरएनए फ्रान्सको वृद्धि विकासमा उल्लेख्य योगदान पुर्याइरहेका छन् ।
उनले एनआरएनए फ्रान्सलाई सबैको साझा चौतारीको रुपमा विकास गर्नका लागि फ्रान्समा रहेका बुद्धिजीवी, पुराना अभियन्ता, अग्रहजहरु तथा सक्रिय युवाहरुको सल्लाहले आफूले अध्यक्षमा उम्मेदवार दिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

उनले फ्रान्समा रहेका युवा, महिला, राजनैतिक संगठन, लगायत सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग सहकार्य गर्दै संस्थालाई सबैको एनआरएनए बनाउँदै अगाडि बढाउने समेत सापकोटाले प्रतिबद्धता जाहेर गरेका छन् । साथै सबै क्षेत्रका व्यक्तित्वहरुलाई एनआरएनएमा जोड्दै कार्यसमिति सदस्यका बहुमतका आधारमा काम कारबाही अगाडि बढाउने, भुपु पदाधिकारीहरु र सामाजिक काममा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान र कदर गर्ने समेत बताएका छन् ।

एनआरएनएले हालैमात्र संचालन गरेको नेपाली पाठसालामा नेपाली बालबालिकालाई नेपाली भाषा अध्यापन गराउँदै आएका सापकोटाले फ्रान्समा अध्ययन गर्न आउने विद्यार्थीहरुको समस्या समाधानका लागि छुट्टै उपसमिति बनाउने, नेपालीहरुलाई कागजी र प्रशासनिक काममा सहयोग गर्ने, एनआरएनए फ्रान्स मातहमा एक पुस्तकालय स्थापना गर्ने, नियमित कामहरु गर्न, बैठक संचालन गर्न तथा अन्य कामहरु गर्न मिल्ने गरी एनआरएनएको आफ्नै कार्यालय स्थापना गर्ने, नेपालीहरुका लागि विभिन्न फ्रान्सेली निकायहरु तथा नेपाली संघसंस्थाहरु सँग मिलेर नेपाली तथा फ्रान्सेली कक्षा संचालन गर्ने, संस्थाभित्र आर्थिक पारदर्शिता, सूचनाको हक संरक्षण जस्ता कार्ययोजना र प्रतिबद्धता सापकोटाले जाहेर गरेका छन् ।

त्यस्तै फ्रान्सेली तथा नेपाली समुदायबीच सम्बन्ध विस्तार गर्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरिने, संयुक्त लगानीका कार्यक्रम अघि बढाउने, नेपालको पर्यटन प्रवद्र्धनका लागि अग्रसर हुने लगायतका प्रतिबद्धताहरु सापकोटाले गरेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…