Sansar News- Nepal's Fast Khabar Online News Portal

ओरालो लाग्यो शेयर बजार, आइतबार क–कसले गुमाए त ?

संसार न्यूज़
२ महिना पहिले
ओरालो लाग्यो शेयर बजार,  आइतबार क–कसले गुमाए त ?


२६ साउन, काठमाडौा । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बीमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बीमा ३७.६६ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड ५९ लाख ५९ हजार ४६८ बराबरको शेयर कारोवार भयो ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु दुई करोड ७९ लाख ९७ हजार ११४, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ३७ लाख ३८ हजार ५३१, नेपाल बैंक लिमिटेड रु एक करोड १८ लाख ४४ हजार ७६६, कृषि विकास बैंक रु एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड सात लाख ६३ हजार २७६ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेशन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २.३३ प्रतिशतले कमाएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…