Sansar News

‘यति मात्र सुधार गरिदिनुस् मन्त्रीज्यू, पर्यटक हामी पठाउँछौं’

संसार न्यूज़
७ दिन पहिले
‘यति मात्र सुधार गरिदिनुस् मन्त्रीज्यू, पर्यटक हामी पठाउँछौं’

सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’ ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’ नवनियुक्त युवा पर्यटन मंन्त्रीको यो भनाई पढें । राम्रो कुरा गर्नु भो । मलाई लाग्छ, बिदेशमा बस्ने सबै नेपालीहरुले यसलाई सकारात्मक रुपमा लिनुभएको छ ।

नेपाल भन्दा बाहिर जहाँ गएपनि, जता बसेपनि हामि मातृभूमि नेपालको प्रतिनिधित्व गरिरहेका हुन्छौं । नेपालको भलो हुने काम मन,बचन र कर्मले गर्नु हाम्रो मातृभूमि प्रतिको कर्तब्य हुन्छ । अझ पर्यटन नेपालको बिकास र पहिचानको महत्वपूर्ण आधार भएकोले अरु धेरै क्षेत्रहरुको प्रगति र संबृद्दी यसमा आधारित र संबन्धित हुन्छन् । अतह ः हामि अवश्य नेपाल सरकारको यो काम सफल पार्न सहयोग गर्छौ । यस्मा मेरो अनुभवका केहि कुराहरु उल्लेख गर्न चाहन्छु । जस्मा एनआरएनए, नेपाल सरकार, पर्यटन मंत्रालय र संबन्धित सबैको ध्यान जान आवश्यक छ ।

टेक्सासको कलेजस्टेशन, जहाँ टेक्सास एन्ड एम युनिभर्सटी छ । बिश्वका बिभिन्न देशका बिध्यार्थीहरु पढ्छन् । बिबिध( diverse) मान्छेहरु बस्छन र काम गर्छन् । यस्तो समाजमा स्थानीय सरकार, बिश्वबिद्यालय र बिभिन्न संधसंस्थाहरुको सहकार्यमा बिभिन्न देशका कलासँस्कृति, भेषभुषा, सामाजिक जीवन, भुगोल र अन्य बिशेषताहरु एक आपसमा बाँड्ने,जानकारी गराउने र रमाईलो गराउने खालका कार्यक्रमहरु आयोजना भैरहन्छन समय समयमा ।

यहाँ पढ्ने बिद्यार्थीहरुको संगठनले नेपाल चिनाउने उद्धेश्यले स्टलहरु राख्छन् । संस्कृतिक नृत्यहरु र आफ्नै भएका सरसमानहरु प्रर्दशन गर्छन र आफ्नो ज्ञान र जानकारीमा भएजति नेपालको बारेका सूचनाहरु त्यहाँ आउने मान्छेहरुसँग शेयर गर्छन् । मलाई लाग्छ सस्ता गतिबिधी नेपाली बिद्यार्थी पढ्ने बिश्वका सबै शैक्षिक संस्थाहरुमा हुने गर्छन ।

त्यहाँ सहभागि एक बिद्यार्थीले मलाई भन्थे, ‘एकदिन उन्को फोन नं एक नेपाल जान चाहने संभावित पर्यटकले माग्छन् र नेपालको बारेमा धेरै जान्ने उद्धेश्यले तिनलाई भेटेर बिस्तृतमा कुरा गर्न खोज्छन् । ति बिद्यार्थीले उनलाई भेट्छन र जानेजति नेपालको बारेमा जानकारी पनि गराउछन् । ’ ति नेपाल जान चाहने बिदेशीले गुगल गरेर नेपालको बारेमा पढ्न र जान्न सक्थे तर संबंधित देशको ग्राउंड रियलिटी बुझेको मान्छेसंग प्रत्यक्ष भेटेर कुरा गर्नु र जानकारी लिएर बिश्वस्त हुनु तिनको प्राथमिकता रहेछ भन्ने कुरा यस घट्नाबाट बुझ्न सकिन्छ ।

अर्कों एकजना बिद्यार्थीले मलाई भन्थे ।’ नेपाललाई बिदेशमा चिनाउने वा नेपालको पर्यटनलाई प्रबर्धन गर्न सहयोग पुर्याउने आवश्यक सामाग्रीहरु जस्तै डकुमेन्ट्री भिडियो, ब्रोशर, तस्बिर, बुकलेट इत्यादि र उपलब्ध हुने हो र संभव भए केहि बजेट र तालिमको बयवस्था हुने हो भने संसार भरि नेपाली बिद्यार्थी पढ्ने शैक्षिक संस्थाहरु नेपालको पर्यटनलाई मार्केटिङ गर्ने महत्वपूर्ण स्थान बन्थे होलान् । यसबाट बिदेशमा पढ्ने नेपाली बिद्यार्थीहरु नेपालको पर्यटन दूत बनेर नेपाललाई बिश्वमा चिनाउन चाहन्छन भनेर बुझ्न सकिन्छ ।

अर्को एक जनाले साथीले भन्थे, ‘बिदेशका नेपालीहरु बस्ने शहरहरुमा प्रत्येक महिना त्यहाँका स्थानीय मान्छेहरुलाई लक्षित गरेर नेपाल नाईट( Nepal Night) आयोजना गर्ने हो भने नेपालको पर्यटनलाई सहयोग पुग्थ्यो होला ।’ यसबाट यो कुरा बुझ्न सकिन्छ कि बिदेशका नेपाली संघ÷सँस्था, नेपाली राजदूतावास र एनआरएनएहरुले आफ्ना परम्परागत कार्यक्रमहरुको साथै नेपालको पर्यटनलाई सघाउने खालका धेरै कार्यक्रमहरु आयोजना गर्न आवश्यक छ ।

अर्कों एकजना नेपालीसंग कुराकानी हुँदा भन्नु हुन्थ्यो, ‘हामि नेपालीहरु आफ्नै समूह र केहि नेपालकै साथीभाईसंग मात्र सिमित भयौ । हाम्रा सोच र चिन्तन नेपाली राजनीती र सूचनाहरुमा बढि केन्द्रित भए । हामिले हाम्रो बिदेशीहरुसँगको सम्पर्क र नेटवर्क बिस्तार गर्न आवश्यक छ । जसबाट नेपालको पर्यटनलाई प्रबद्र्धन गर्न सहयोग पुगोस् ।’

अर्कों एकजना केहि पटक नेपाल घुमेर आएका र नेपाललाई माया गर्ने अमेरिकी साथीले भेट हुँदा भनेको सम्झन्छु, ‘तिम्रो देशमा कुनै पनि ठाउँमा बिदेशी र नेपाली पर्यटकलाई लाग्ने शुल्कमा किन यस्तो असमानता ( discrimination)? मलाई थाहा छ । तिम्रो देशलाई र तिमीहरुलाई पैसाको खाँचो छ । तर, यस्तो कुरा हामिलाई मन पर्दैन । एउटै शुल्क राख्न सकिदैन र ?’

अब सबैले भनिआएका र थाहा भएका पर्यटन पूर्वाधारका महत्वपूर्ण कुराहरु जस्तै स्वच्छ र सफा सार्बजनिक शौचालय, शुरक्षित सडक र हवाई सेवा, आकस्मिक स्वास्थ्य सेवा, सूचना केन्द्र, संचार र स्तरिय होटल मोटेल, प्रहरी शुरक्षा (बिध बलम इचमभच) पर्यटक लाई भ्रष्टाचारको अनुभूति नहुने वातावरण, नेपालीहरुले ठग्दैनन भन्ने बिश्वास……जस्ता कुराहरुमा ध्यान दिने हो भने नेपालमा पर्टनको ठूलो संभावना छ । धेरै कुराहरु छन पर्यटकलाई आकर्षित गर्ने । हाम्रो सगरमाथा छ भनेर भन्नै पर्दैन ।

अन्तमा पर्यटन मंत्रीज्यू ! जंगलभरी मान्छे भेला पारेर विमानस्थल शिलान्यास गर्ने, २० हजार व्यवशायी टुडिखेलमा उतारेर भ्रमण बर्षको शपथ खाने (भिडतंत्र) कुरा गर्नु भन्दा पनि यस्ता कुरामा ध्यान दिनुहोस् । सबै स्वदेश र बिदेशका नेपालीहरुको साथ, सहयोग र शुभकामना छ तपाईलाई ।

कलेजस्टेसन टेक्सास

सर्बाधिक पढिएको

‘यति मात्र सुधार गरिदिनुस् मन्त्रीज्यू, पर्यटक हामी पठाउँछौं’

‘यति मात्र सुधार गरिदिनुस् मन्त्रीज्यू, पर्यटक हामी पठाउँछौं’ ७ दिन पहिले | संसार न्यूज़

सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के…

बुद्धको आँखाले ढोरपाटन झल्झली देखिरहेको छ !

बुद्धको आँखाले ढोरपाटन झल्झली देखिरहेको छ ! १ महिना पहिले | डिला रेग्मी, लुम्बिनी

हरेक नयाँ बिहानीले पटक–पटक नयाँ जीवनको सुरुवात गर भन्छ !…

मन्त्री भट्टराईले गरे  स्वदेश तथा विदेशमा बस्ने नेपाली समक्ष यस्तो अपिल

मन्त्री भट्टराईले गरे स्वदेश तथा विदेशमा बस्ने नेपाली समक्ष यस्तो अपिल १ हप्ता पहिले | संसार न्यूज़

२६ साउन, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…

नेपालमा पर्यटन लगानी सम्मेलन हु्ँदै

नेपालमा पर्यटन लगानी सम्मेलन हु्ँदै ४ हप्ता पहिले | संसार न्यूज़

७ साउन, काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने…

संसारकै गहिरो अन्धगल्छी सङ्कटमा पर्दै

संसारकै गहिरो अन्धगल्छी सङ्कटमा पर्दै २ महिना पहिले | संसार न्यूज़

१ असार, गलेश्वर । एशिया महादेशमा पर्ने विश्वकै सबैभन्दा गहिरो…

पर्यटक लोभ्याउने ठिनी गाउँको यस्ता छन् विशेषता

पर्यटक लोभ्याउने ठिनी गाउँको यस्ता छन् विशेषता २ महिना पहिले | संसार न्यूज़

बाग्लुङ । जोमसोम बजारको दक्षिणपट्टि एउटा रमणीय गाउँ छ, ठिनी…