Sansar News- Nepal's Fast Khabar Online News Portal

अपरिचित व्यक्तिद्घरा वृद्ध दम्पतीको हत्या

रासस
११ महिना पहिले
अपरिचित व्यक्तिद्घरा वृद्ध दम्पतीको हत्या

२७ साउन, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार राति अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । भानबहादुरको शव घर नजीकै मकैबारीमा र बीमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले घटनाको जानकारी पाएलगत्तै बुर्तिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरूको शरीरका विभिन्न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताए । ढोरपाटन नगरपालिकाकै–९ नवीगाउँ र बोबाङमा उनीहरू घुम्ती बसाइ गर्दै आएका थिए । मृतक विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको छ । अनुसन्धानका लागि पठाइएको टोली बाटोमै रहेकाले घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…