Sansar News

कोहलीको सतकमा भारतको जित

सुदीप कार्की
७ दिन पहिले
कोहलीको सतकमा भारतको जित

२७ साउन, काठमाण्डौं । गएराति  Trinidad   मा भएको भारत र वेस्ट इण्डिज बिचको दोश्रो एकसदिवसीय खेलमा भारतले जित हासिल गरेको छ ।

भारतले पहिलो टस जितेर ब्याटिङ रोजेको थियो । भारतका लागि पहिलो झड्का कोट्रेलले दिएका थिए । उनले खेलको पहिलो ओभरमै ओपनर शिखर धवनलाई LBW आउट गराएका थिए । त्यसपछि भारतका लागि ब्याटिङ गर्न विराट कोहली मैदानमा आएका थिए । उनले एक सानदार इनिङ खेल्दै वेस्टइण्डिजका लागि राम्रो लक्ष्य सेट गरे । उनले १२५ बलमा १२० रन बनाएका थिए । उनको यो ४२ औं शतक हो । कोहलीसँग श्रेयस अएरले एक राम्रो साझेदारी निभाएका थिए । उनी ६८ बल खेल्दै ७१ रन बनाएर आउट भए । भारतले वेस्ट इण्डिजको लागि २८० रनको लक्ष्य दिएको थियो ।

दोश्रो इनिंगमा वर्षाको कारण खेल ४६ ओभरमा घटाइएको थियो । वेस्ट इण्डिजका लागि क्रिस गेलले ODI मा सर्वाधिक रन बनाउनेको सूचीमा पहिलो स्थान बनाएका छन् । उनले ब्रायन लाराको रेर्कड तोडेका थिए । रेर्कड तोडेको भएपनि उनी खेलमा भने ११ रनमा आउट भएका थिए ।

वेस्ट इण्डिजका लागि सर्वाधिक रन इभिन लुइसले बनाए । उनले ८० बल खेल्दै ६५ रन बनाएका थिए । बलिंग तर्फ भने भारतका लागि सर्वाधिक विकेट भुवनेश्वर कुमारले लिए । उनले ८ ओभर गर्दै ४ विकेट लिएर ३१ रन खर्चेका थिए । मोहम्मद शमी र खलिल अहमदले समान २–२ विकेट लिन सफल भए भने कुलदीप यादव र केदार जाधवले १–१ विकेट लिएका थिए ।
जितसँगै भारतले तीन खेलको श्रृंखलामा १–० ले अग्रता लिएको छ ।

सर्बाधिक पढिएको

सन्दीपले पाए अमेरिकाको भिषा

सन्दीपले पाए अमेरिकाको भिषा ६ दिन पहिले | संसार न्यूज़

२८ साउन । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः…

यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा

यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा ६ दिन पहिले | संसार न्यूज़

२८ साउन, काठमाडौँ । अन्तत नेपाली राष्ट्रिय क्रिकेट टोलीका चलेका…

वर्ल्ड कपका बेला एक भारतीय खेलाडीले बीसीआई नियमको उल्लंघन गरेको खुलासा

वर्ल्ड कपका बेला एक भारतीय खेलाडीले बीसीआई नियमको उल्लंघन गरेको खुलासा २ हप्ता पहिले | संसार न्यूज़

२० साउन । भारतीय क्रिकेट टीमका एक वरिष्ठ सदस्यले विश्वकपका…

टि–२० आइसीसी विश्वकप क्रिकेट : आयोजकका कारण नेपालीलाई थप पीडा

टि–२० आइसीसी विश्वकप क्रिकेट : आयोजकका कारण नेपालीलाई थप पीडा ३ हप्ता पहिले | संसार न्यूज़

१२ साउन । आयोजकका कारण आजको हारले पीडित बनेका नेपालीलाई…

जेएसएस कप २०१९ को उपाधि नेपोस नर्वेलाई

जेएसएस कप २०१९ को उपाधि नेपोस नर्वेलाई ४ हप्ता पहिले | प्रेम परियार, नर्वे

२३ जुलाई, नर्वे । यहि २१ जुलाई २०१९ का दिन…

विनोद भण्डारीको ब्याटिङले नेपालले बनायो किर्तिमानी स्कोर

विनोद भण्डारीको ब्याटिङले नेपालले बनायो किर्तिमानी स्कोर १ महिना पहिले | संसार न्यूज़

२९ असार । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा आज भएको दोस्रो…