Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली शिक्षक शिक्षा र यसको इतिहास

संसार न्यूज़
२ महिना पहिले
नेपाली शिक्षक शिक्षा र यसको इतिहास

– नेपालमा आधुनिक शिक्षाको इतिहास डेढ शताब्दी पूर्वदेखि अघि बढेको देखिन्छ ।

-म्याकेलेको शिक्षाको प्रभावबाट जङगवहादुर ले वि.स १९१० मा दरवार स्कुलको स्थापना गराए जो राणाका सन्तानका लागि मात्र थियो ।

– वि.स.१९३४ मा रानीपोखरा संस्कृत पाठशाला र रिणीमा खोलिएको पाठशाला भन्दा अगाडि कर्मकाण्ड र धार्मिक शिक्षा दिने, पिंढी शिक्षामै नेपालको शिक्षा सीमित थियो तसर्थ संस्थागत रूपमा शिक्षा लिने दिने प्रक्रियाको प्रस्थान विन्दु वि.स १९३४ लाई मान्नुपर्दछ ।

– जुद्ध शमशेरका पालामा उपरोक्त विद्यालयहरू खोलिए तापनि पछाडि देवशमशेरको उदय नहुन्जेल शिक्षामा कुनै उल्लेख्य प्रगति भएन ।

– देवशमशेरका पालामा ३०० वटा पाठशालाहरू खोल्न तीन लाख रुपया वजेट छुट्याइयो तापनि सो योजना पूरा हुन पाएन ।

– खोलिएका विद्यालयहरूमा कुन भाषको माध्यम अपनाउने भन्ने दिव्यदेव पन्त (संस्कृत) बटुकृष्ण मैत्रेय (अङग्रेजी) र जयपृथ्वी बहादुर सिंह (नेपाली) का बीच विवाद भई अन्ततः नेपाली भाषले प्राथमिकता पायो ।

-२००७ सालपूर्व सरकारी पाठशालाहरू प्राय: सत्तल,पाटी पौवा धर्मशाला रूशिवालय आदिमा चल्दथे,

– दरवार स्कुलमा विदेशी शिक्षकहरूको व्यवस्था गरिएको थियो भने रिणी र रानी पोखरीमा कर्मकाण्ड जानेका पण्डित पुरोहितले पढाउथे, शैक्षिक प्रमाणपत्रको चलन थिएन, संस्कृत पाठशालामा जाँच दिएर प्रमाण पत्र चाहने छात्रहलाई गुरुको सिफारिस साथ बनारस पठाउने चलन थियो ।

– पाठशालामा पढाउने गुरुहरूलाई विभिन्न गुठीहरुबाट हण्डी व्यवस्था गरिएको हुन्थ्यो ।
– १९३५ पछि पाठशालामै बसेर रानीपोखरी पढाउने शिक्षकले कौशी तोषा खानाबाट महिनावारी तलव पाउँथे ।

– मास्टरहरु कौशी तोसाखानाबाट,गुठीबाट र जग्गा कमाउने मोही बाट धान बाली उठाएर तलव खाने गरी तीन थरी थिए । स्कुलका सबै काम मास्टरकै जिम्मा हुन्थ्यो १९६० मा नौसिन्दा जवान पद खडा गरी प्रशासनको जिम्मा दिइयो ।

– २००७ सालमा प्रजातन्त्रको अम्युदय भएपछि शिक्षा क्षेत्रले पनि फड्को मार्न थाल्यो ।

– शिक्षा मन्त्रालयको व्यवस्था भई शिक्षा सम्वन्धी कार्यकारी अधिकार शिक्षामन्त्रीले प्रयोग गर्न पाउने व्यवस्था भयो ।

– विद्यालयमा पाठ्यक्रम तथा पाठयांश तोक्ने, पढाइको माध्यम तोक्ने, सूचना प्रकाशन गरी तोकिएको मितिबाट परीक्षा सञ्चालन गरासने जस्ता काम शिक्षा मन्त्रालयबाट हुन थाले ।

-सरकारी शिक्षण संस्थाका लागि शिक्षक कर्मचारी छनोट, नियुक्ति र बढुवा, तलब, भत्ता निर्धारण तथा वर्खास्ती, सरकारी अनुदान प्राप्त विद्यालयका शिक्षकको तलबभत्ता तोकिदिने काम मन्त्रालयबाट हुन थाल्यो ।

-प्रथम पञ्चवर्षीय योजना २०१२ मा नै शिक्षालाई उच्च प्राथमिकता दिई १ करोड ९० लाख बजेट छुट्याइएको थियो ।

– देशभर एकै किसिमको शिक्षा व्यवस्था गर्ने,

– ६३० प्राथमिक, १२६ निम्न माध्यमिक र १० माध्यमिक विद्यालय खोल्ने,

– १८०९ प्राथमिक, ५०४ निम्न माध्यमिक र १०० माध्यमिक शिक्षक व्यवस्था गर्ने भनी लक्ष्य तोकिएको थियो ।

– सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएपछि र २०२० साल (सन् १९६०) मा Nepal National commission for UNESCO को गठन भएपछि युनेस्को । युिनसेफ शाखाले नेपालको शिक्षा र शिक्षक विकासमा सहयोग गर्न थाल्यो ।

– २०१३ सालसम्म तराई क्षेत्रका विद्यालयहरुमा पठनपाठनको माध्यम भाषा हिन्दी थियो । २०१४ देखि शिक्षाकोमाध्यम देशैभरनेपाली भाषा हुने व्यवस्था इस्तिहार जारी गरी गरियो ।

– २०१६ सालदेखि एस.एल.सी.मा १०० पूर्णाङ्कको नेपाली भाषा विषय अनिवार्य गराइयो ।

शिक्षामा वैदेशिक सहयोग
– अमेरिकाको ओरेगन विश्वविद्यालयका प्राध्यापक ह्युग वि.उड. को परामर्स अनुसार शिक्षाको राष्ट्रिय योजना तर्जुमागर्न, नेपाल राष्ट्रिय शिक्षा योजना आयोग गठन गर्ने कुरा तय भए पछि, संयुक्त राज्य अमेरिकाका तर्फबाट दुइलाख ४ हजार ८०० नेरु र ३४ हजार १००, प्राप्त भई सहयोगी शिक्षा कार्यक्रम सुरु भएको हो,

– सहयोगी शिक्षा कार्यक्रमको व्यवस्थापछि, अनुभवी र नयाँ गरी १५५० प्राथमिक शिक्षकलाई तालिम दिन नेपालमै कलेज अफ एजुकेशन खडा गर्नु र त्यस कलेजलाई आवश्यक प्राध्यापक तयार पार्न ७ जनालाई अमेरिका तालिममा पठाउन साथै त्रिचन्द्र कलेजका प्राध्यापकको स्तरवृद्धि गर्न भनी २ लाख २० हजार डलर र ७ लाख ३२ हजार, १०० ने.रु. प्राप्त हुने सम्झौता भयो ।

– सोही प्रयोजनका लागि २०११ भाद्र २४ गते राष्ट्रिय शिक्षक शिक्षण केन्द्रको स्थापना भयो ।

– यद्यपि नेपालमा शिक्षक तालिमको प्रस्थान विन्दु भने २००४ साल जेठमा ताहाचलमा खोलिएको आधार शिक्षण केन्द्रलाई मान्नु पर्ने हुन्छ ।

– आधार शिक्षण केन्द्रकै भवनमा २०११ देखि राष्ट्रिय शिक्षक शिक्षण कन्द्र उद्घाटन भयो आधार शिक्षणकेन्द्रबाट उत्पादित जनशक्ति नै राष्ट्रिय शिक्षक शिक्षण केन्द्रका प्रशिक्षक भए ।

– तालिम प्राप्त शिक्षकलाई C.T. Certified Teachers  L.T. Licentiate Teacher भनी क्रमश रु. १० र रु. १५ भत्ता दिइन्थ्यो ।

– केन्द्रले मात्र शिक्षक तालिमका कार्यक्रम सञ्चालन गर्न नभ्याउने भएपछि २०१३ सालदेखि उपत्यका बाहिर (धरान, वीरगञ्ज र नेपालगञ्जमा घुम्ती तालिमकेन्द्र स्थापना गरियो ।

– केही समय पछि, कक्षा ८ पास गरेकालाई १० महिने वा एक शैक्षिक वर्षको नियमित कार्यक्रम र कक्षा ८ पास गरी दुई वर्ष शिक्षक भई काम गरिसकेकाहरुलाई दुइमहिनाको मीन पचासको अवधिमा तीन वर्ष तीन चरणमा पूरा हुने कार्यक्रम सञ्चालन गरिन्थ्यो ।
कलेज अफ एजुकेशन २०१३

– २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएसँगै कलेज अफ एजुकेशनको संरचनामा फेरवदल आयो, तर पनि रा.शि.प.यो. २०२८ कार्यान्वयनमा नआउन्जेल कलेज अफ एजुकेशनले विभिन्न विषयमा आइ एड देखि एम.एड. सम्मका कार्यक्रम सञ्चालन गरेको थियो ।

– २०२९ साउनदेखि भने कलेज अफ एजुकेशन त्रि.वि. शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गत गाभियो ।

– जे होस शिक्षक प्रधानाध्यापक शिक्षक प्रशासकको समेत पेशागत क्षमता विकासमा कलेज अफ ऐजुकेशनले निर्वाह गरपेको भूमिका अविस्मरणीय छ ।

– कलेज अफ एजुकेशन मार्फत यु.एस.एड. ले पनि महत्वपूर्ण सहयोग गरेको थियो, त्यतिवेला यस परियोजना अन्तर्गत,
१. प्राथमिक शिक्षा प्रशासन
२. प्राथमिक तथा माध्यमिक शिक्षक तालिम
३. पाठ्यक्रम मूल्यांकन तथा सामग्री विकास
४. शिक्षा अनुसन्धान
५. कलेज अफ एजुकेशन प्रशासन

– शिक्षक शिक्षा योजना तयार पारिदिने र विभिन्न परियोजना मार्फत कार्यन्वयनमा उत्तिकै सहयोग गर्ने यु.एस.ए. आइ.डी. को भूमिका पनि शिक्षक तालिमका क्षेत्रमा उत्तिकै अविस्मरणीय रहेको देखिन्छ ।

– राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ पछि भने शिक्षक नियुक्तिलाई व्यवस्थित गरियो । विद्यालयको तह अनुसार, शिक्षकको योग्यता, तालिम तथा नियुक्तिको प्रक्रिया तोकियो ।
शिक्षकमा निम्नलिखित दुई योग्यता तोकिएका
१. प्राज्ञिक\न्युनतम शैक्षिक योग्यता,
२. पेसागत\योग्यता (तालिम)
– प्राज्ञिक तथा पेशागत योग्यता हासिल गरेका उम्मेदवारहरू मध्येबाट शिक्षक नियुक्त गर्ने र प्राज्ञिक योग्यता भएकाहरुबाट शिक्षक नियुक्त गरी सघन रूपमा शिक्षक तयारी कोर्स उपब्ध गराउने भन्ने विवादमा वीचको बाटो खाज्दै आइएको देखिन्छ ।
रा.शि.प.यो. २०२८ मा शिक्षक शिक्षा सम्बन्धमा यस्तो उल्लेख गरिएको छ ।

१. तालिम प्राप्त शिक्षकको सङ्ख्या बढाउने :
– सबै विद्यालयमा तालिम पाप्त शिक्षक राख्न क्रमशः अनिवार्य गर्ने,
– एस.एल.सी. वा सो सरह, आइ.ए. वा सो सरह वि.ए. वा सोसरह उत्तीर्ण भएका व्यक्तिहरुलाई एकएक वर्षको तालिम दिई क्रमशः प्राथमिक निम्न माध्यमिक तथा माध्यमिक शिक्षकका लागि तयार गर्ने,

– कार्यरत अनुभवी शिक्षकहरुको पनि न्युनतम योग्यता पुग्छ भने, सेवाकालीन तालिमको व्यवस्था गर्ने,
– प्रत्येक शिक्षकलाई शारीरिक अभ्यास र शारीरिक शिक्षाको तालिम अनिवार्य गर्ने,

२. तालिमको स्तर बढाउने :
– शिक्षक शिक्षणको पाठ्यक्रम वर्तमान आवश्यकता सुहाउदो बनाउने,
– आवश्यकता सुहाउदा पाठ्यपुस्तक तयार गराउने,
– विषय शिक्षणमा जोड दिनु आवश्यक भएकाले तालिम महाविद्यालयमा विभिन्न विषयका उपयुक्त फेकल्टीहरु विकास गर्ने,
– शिक्षणमा अनुसन्धानलाई प्रोत्साहन गर्ने,
– दुर्गम क्षेत्रमा बाहेक प्रा.वि. तहमा एस.एल.सी., नि.मा.वि. आइ.ए. वा सोसरह र मा.वि. तहमा वि.ए. वा सोसरह न्युनतम योग्यता तोक्ने,
– शिक्षक तालिमलाई अनिवार्य गर्ने,
३. सेवाकालीन तालिम
– देशभरिका सबै शिक्षकलाई सेवाकालीन तालिम उपलब्ध गराउने,
४. तालिमपछि काममा खटाउने,
– तालिमपछि सम्बन्धित विद्यालयमा खटाउने।,
– तालिम अनुरुप शिक्षण भए नभएको अनुगमन गर्ने,
– निश्चित अवधि पछि पुनः सेवाकालीन तालिम दिने ।
नेपाली भाषा विषयलाई अनिवार्य विषयका रुपमा सुनिश्चित गर्ने र सो विषयको शिक्षण गर्न जनशक्ति तयारी तथा विकासका लागि विश्वविद्यालयमै छुट्टाछुट्टै फ्पयाकल्टीका रूपमा भाषा शिक्षणको तालिम सुनिश्चित गर्न पनि रा.शि.प.यो. २०२८ ले सुस्पष्ट व्यवस्था गरेको देखिन्छ ।
५. व्यवसायिक शिक्षकहरूः
– व्यावसायिक तालिमको स्तर क्रमशः बढाउँदै लैजाने
– सबै विद्यालयका शिक्षकलाई पालैपालो गरेर तालिम उपलब्ध गराउने,
६. शिक्षकहरूको सेवामा सुधार
– योग्य व्यक्तिलाई शिक्षक बन्न र सोही पेशामा टिकिरहन प्रोत्साहन गर्ने,
– प्राथमिक तहमा एस.एल.सी. उत्तीर्ण र तालिम प्राप्त, निम्नमाध्यमिक तह आइ.एड.\आइ.ए.वा सोसरह र तालिमप्राप्त , माध्यमिक तहका लागि वि.एड.\वि.ए. सोसरह र तालिम प्राप्त शिक्षक तथा प्रधानाध्यापक हुनुपर्ने । जस्ता ब्यवस्था गरिएको देखिन्छ ।

सन्दर्भ ग्रन्थहरू
बराल, खगराज (२०७०) शैक्षिक विचरण, काठमाडौँ : समी सम प्रकाशन गृह ।
बराल, खगराज (२०७१) केही शैक्षिक प्रबन्ध काठमाडौँ : समी सम प्रकाशन गृह ।
भट्टराई गोविन्दराज र लुइटेल खगेन्द्र प्रसाद सम्पा. (२०६३) डा. बल्लभमणि दाहालका रचनाहरु काठमाडौँ : डा. सुभद्रा सुब्बा,
वस्ती सरच्चन्द्र, घिमिरे, सुदर्शन र विश्वकर्मा, बाबुराम सम्पा. (२०७३) शिक्षक स्रोत पुस्तक, काठमाडौँ सिकाइ समूह
शर्मा गोपिरमण (२०६०) नेपालमा शिक्षाको इतिहास् भाग १ र २ काठमाडौँ : मकालु बुक्स
शिक्षकको पेशागत विकास कार्यक्रम नमूना टिपिडी मोड्युल सामग्री संग्रह : काठमाडौँ :शैक्षिक जनशक्ति विकास केन्द्र ।
शिक्षकको पेशागत विकास कार्यक्रम कार्यान्वयन पुस्तिका, काठमाडौँ :शैक्षिक जनशक्ति विकास केन्द्र ।

हेरम्बराज बास्तोला नेपाली भाषासँग सम्बन्धित विषयमा विद्याबारिधिका शोधार्थी हुन् , हाल महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्यापनरत छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…