Sansar News- Nepal's Fast Khabar Online News Portal

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

संसार न्यूज़
२ महिना पहिले
साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ


२७ साउन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित रु एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र रु ६२ हजार ८३५ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा ३२ भैmरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद रु ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…