Sansar News- Nepal's Fast Khabar Online News Portal

चीनमा ‘लेकिमा’आँधी, ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता

संसार न्यूज़
४ महिना पहिले
चीनमा ‘लेकिमा’आँधी, ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता


२७ साउन, चीन । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् ।

लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको थियो । यस आँधीबाट २४।२२ अर्ब युआन प्रत्यक्ष रुपमा आर्थिक हानी भएको बताइएको छ ।

यस आँधीबाट दुई लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ ।

स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो । त्यसैगरी आइतबार राती ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो ।

लेकिमाबाट शानडोङ्मा पाँच व्यक्तिको मृत्यु हुनेको साथै अन्य सात जना स्थानीय बेपत्ता भएका छन् । यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन् ।

सो प्रान्तमा सोमबार विहानसम्म १ लाख ८३ हजार ८०० आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ । (रासस)



सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…