back

डडेल्धुरामा बाँदर आतङ्क

वि.सं.२०७६ साउन २७ सोमवार

129 

shares
NTC AD
Global IME AD


२४ साउन, डडेल्धुरा । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने, के लाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।

जिल्लाका सात वटै स्थानीय तहमा जङ्गली जनावरले खेतमा लगाएको मकैबाली, दलहन तथा तरकारी सबै नष्ट गर्ने गरेको स्थानीयवासीको भनाइ छ । विगत ६÷७ वर्षदेखि बाँदर आतङ्कले सताएको अमरगढी नगरपालिका—८ का स्थानीयवासी लक्ष्मी गैरालले बताए । खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खाना पनि खाइदिने गरेको छ । उनले भने, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”

बाँदरले लगाएको खेती सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको अमरगढी—८ का कृषक बिस्ना गैरालले बताए । लगाएको अन्नबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान खेतबारी बाँझै छोडेर विदेश जाने क्रम बढेको छ ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । कृषकले राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गाउँमा मान्छेभन्दा बाँदर धेरै आउने गरेको अमरगढी—११ फिन्नेकोटका स्थानीयवासी लोकबहादुर बोहराले बताए। उनले भने, “सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दासमेत दिएनन् ।”

स्थानीयवासीले बाँदर धपाउनका लागि स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने माग गरेका छन् । बाँदर आतङ्क भए पनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेश्वर गाउँपालिका–१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाल कृषि प्रधान देश भएकाले बाँदर न्यूनीकरणका लागि पहल गरेर कृषि उत्पादनमा जोड दिने अमरगढी नगरपालिका–८ का अध्यक्ष नरबहादुर साँकीको भनाइ छ ।

जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतङ्कले मुख्य खाद्यबालीका रूपमा रहेको मकै बचाउन हम्मेहम्मे परेको छ । उता जङ्गली जनावरको आतङ्क न्यूनीकरणका लागि अजयमेरु गाउँपालिकाले वडा नं २ मा तारजालीको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष शिवराज भट्टले बताए। जङ्गली जनावरबाट अन्नबाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालीको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । (रासस)

वि.सं.२०७६ साउन २७ सोमवार १३:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत ।  यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका...