Sansar News

यी चिजबाट पनि लिन सकिन्छ शरीरलाई चाहिने प्रोटिन

संसार न्यूज़
७ दिन पहिले
यी चिजबाट पनि लिन सकिन्छ शरीरलाई चाहिने प्रोटिन

हामीधेरैले सुनेका हुन्छौं कि प्रोटिन भएको खाना खानुपर्छ । तर, हामी कतिपयलाई प्रोटिनका स्रोत रहेका खानाको बारेमा थाहा पनि छैन । आउनुहोस् जानौं, प्रोटिन हाम्रो शरीरको लागि कति जरुरी छ त ?

प्रोटिन हाम्रो शरीरमा क्याल्सियम र मिनरल्स मिलेर टिश्यु ९तष्ककगभ० बनाउने काम गर्दछ । हाम्रो शरीरको रक्तनली, आन्द्रा, लिवर, र किड्नी लगायतका महत्वपूर्ण अंग र छालाको निर्माण प्रोटिनबाट हुन्छ । मानिसलाई जीवनभर प्रोटिनको आवस्यक हुन्छ । यदि तपाइ साहाकारी हुनुहुन्छ र खानामा बढी प्रोटिन चाहानुहुन्छ भने यी खानेकुरा खानुहोस् ।

अण्डा–ओट्स्–धेरै मानिसहरु खाजामा ब्रेड, टोस्ट, स्याण्डवीचहरुको बढी प्रयोग गर्छन् । तर, यी खानेकुरा भन्दा अण्डा र ओट्स खाजामा समावेश गर्नु भयो भने यसबाट राम्रो प्रोटिन मिल्छ । एक कप ओट्समा ६ ग्राम प्रोटिन हुन्छ भने अण्डामा झण्डै १९ ग्राम प्रोटिन पाइन्छ । अण्डामा प्रोटिन मात्र नभएर शरीरको लागि आवस्यक पर्ने पोषकतत्व, सेलेनियम र कोलीन पनि पाइन्छ । यसले शरीरमा रहेको नराम्रो कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्दछ । जसले गर्दा मुटुको बिरामीको खतरा कम हुन्छ ।

बदाम–बदाम पनि प्रोटिनको राम्रो श्रोत हो । यसमा धेरै पोषकतत्व हुन्छ । यो शरीरको लागि फाइदाजनक हुन्छ । बदाममा म्याग्नेशियम र फाइबरको साथै मोनोसेचुरेड फ्याट हुन्छ । यसले तपाइको मुटुलाई पनि फाइदा गर्छ । २८ ग्राम बदाममा लगभग ६ ग्राम प्रोटिन हुन्छ । ८ देखि १० दाना बदाम रातीमा भिजाएर बिहान बोक्रा फालेर खाँदा फाइदा हुन्छ । साथै भिजेको बदामलाई काटेर दही, तरकारीमा मिसाएर खान पनि सक्नुहुन्छ ।

पनीर-पनीर पनि प्रोटिनको राम्रो स्रोत हो । यसलाई नास्तामा समाबेश गरेर खाँदा अत्यन्त राम्रो हुन्छ । एक कप (लगभग २२५ ग्राम) पनीरमा २५ ग्राम प्रोटिन र २२० क्यालोरी हुन्छ । दूधबाट बनेको अन्य प्रोडक्टजस्तै दही, चीजलगायतमा पनि प्रोटिन हुन्छ । यसमा सबैभन्दा बढी प्रोटिन चीजमा हुन्छ । २८ ग्राम चीजमा ७ ग्राम प्रोटिन हुन्छ । यसका साथै चीज क्याल्सीमयको राम्रो स्रोत पनि हो । नास्तामा तपाई चीज र ग्रील गरेको पनीर खान सक्नुहुन्छ ।


त्यस्तै फलफुलमा पनि एंटीअक्सिडेन्ट, फाइबर, भिटामिन्स लगायतका धेरै शरीरलाई आवस्यक पर्ने तत्वहरु पाइन्छ । साथै पीनट बटरमा पनि प्रोटिन हुन्छ । यसकारण नास्तामा तपाइ काटेर सानो–सानो बनाइएको फलमा सानो चम्चाको २ चम्चा पिनट बटर राखेर खानु भयो भने यसले भोक पनि कम गराउने तथा तपाइ बढी खाने बानीबाट बच्न सक्नुहुन्छ । यसले ब्लडमा शुगरको मात्रा कम पनि गराउँछ ।

सर्बाधिक पढिएको

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’ ५ दिन पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । पत्रकार रवि लामिछानले आत्म्हत्या गरेका शालिकराम…

अन्तर्वार्ताको नतिजा प्रकाशित  : खुला तर्फको निमावि तहको  नेपाली  र  अङ्गेजी विषयको अन्तरर्वाताको नतिजा  प्रकाशित

अन्तर्वार्ताको नतिजा प्रकाशित : खुला तर्फको निमावि तहको नेपाली र अङ्गेजी विषयको अन्तरर्वाताको नतिजा प्रकाशित २ हप्ता पहिले | संसार न्यूज़

२३ साउन, भक्तपुर । शिक्षक सेवा आयोगले गत महिना लिएको…

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाण्डौं । अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत स्याङजाकी समिक्षा सुवेदी,…

शिक्षक लाईसेन्स :   यी पनि हुन्  प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु

शिक्षक लाईसेन्स : यी पनि हुन् प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु ४ हप्ता पहिले | संसार न्यूज़

८ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर…

तपाईको आजको  राशिफल

तपाईको आजको राशिफल २ हप्ता पहिले | संसार न्यूज़

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,…

किन गरिन्  प्रियंकाले आत्महत्या प्रयास ?

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ? १ महिना पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी…