Sansar News

एनआरएनए म्याड्रिडले भव्यरुपमा तिज मनाउँदैं

संसार न्यूज़
७ दिन पहिले
एनआरएनए म्याड्रिडले भव्यरुपमा तिज मनाउँदैं

एनआरएनए म्याड्रिडले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर भव्य कार्यक्रमको आयोजना गर्दैछ ।

संघले म्याड्रिडबासी नेपाली महिला दिदीबहिनीलाई तिज कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रमले विदेशी भूमिमा नेपालीपनको आभाष गराई, महिला दिदीबहिनीबिचको गहिरो सम्बन्धलाई मजबुद गराउने एक आपसमा दुःख सुखका क्षणहरु साटासाट गर्ने मौका प्रदान गर्ने छ भन्ने आसा संघले राखेको छ ।

प्रथमपटक आयोजित उक्त तिज कार्यक्रम सेप्टेम्बर १ मा हुन लागेको आयोजकले जनाएका छन् ।

त्यस्तै संघले नेपाली दिदीबहिनीहरुलाई म्याड्रिडवासी दाजुभाईहरुको अनमोल उपहार स्वरुप प्रवेश र खाना निःशूल्क गर्ने योजना रहेको जानकारी समेत दिएको छ ।

संघले म्याड्रिड तथा अन्य सहरमा रहने सम्पूर्ण नेपाली जनसमुदायलाई यस सूचनाद्वारा चुल्हे निम्तो गरेको समेत जनाएको छ ।

पुरुष दाजुभाईहरुलाई सुलभ शूल्कको व्यवस्था गर्ने जनाएको संघले विभिन्न प्रतियोगिता समेत राखेको छ ।


प्रतियोगिताहरु
१ तीज नृत्य प्रतियोगिता
२ बाल नृत्य प्रतियोगिता
३ उत्कृष्ट नेपाली पहिरनलाई पुरस्कार
४तीज गीत प्रतियोगिता
५ दर खाने कार्यक्रम र सङ्गितमय वातावरण
नृत्य र गीतको लागि नाम टिपाउन साथै थप जानकारीको लागि महिला संयोजक सनिसा गुरुङ्गलाई सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ ।

पुरूषहरुको लागि शूल्क तथा कार्यक्रम स्थानको बारेमा शीघ्र जानकारी गराउने पनि संघले जनाएको छ ।

सर्बाधिक पढिएको

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर ३ हप्ता पहिले | संसार न्यूज़

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु…

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी ३ हप्ता पहिले | संसार न्यूज़

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ…

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर १ महिना पहिले | संसार न्यूज़

१० जुलाई, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चुनाव…

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल ३ हप्ता पहिले | संसार न्यूज़

२७ जुलाई, युएई । नेपाली सहयोगी हातहरु युएईको २६ जुलाईमा…

जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब पठाउन सहयोग गर्न अनुरोध

जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब पठाउन सहयोग गर्न अनुरोध १ महिना पहिले | संसार न्यूज़

११ जुलाई, काठमाण्डौं । उपचारका क्रममा जर्मनीमा मृत्यु भएकी नेपाली…