Sansar News

शिक्षित दासहरू

मनप्रसाद वाग्ले
६ दिन पहिले
शिक्षित दासहरू

जाओ दास बनेर हे तनय हो छोडेर नेपाल यो
आओ लास उठाउने दिन गनी देखावटी चालको
खप्छन् दैनिक दुःखकष्ट घरमा आमा र बाबाहरु
पढ्छौ के कुन शास्त्रका गफ दिई फेर्छौ नि भाका अरू ? (१)

तिम्रा हात र पाउका बल अहो बढ्दै गएछन् तर
को हुन् ती दिनरात कष्ट नभनी दिन्थे तिमीमा भर ?
त्यस्ता देव समान मातृ ममता लत्याउँदै छौ किन
रून्छन् हेर पिता सदैव मुटुमा गाँठो छ दैनन्दिन (२)

होला वैभव प्राप्तिका विषय ती स्व-स्वार्थका खातिर
आफ्नै जन्म दिने स्वदेश नबुझे के सुक्ख हो आखिर ?
झुल्ने हो परदेशमा यदि भने यो जन्मकै सार के ?
भुल्ने हो यदि जन्मभूमि सहजै अस्तित्व तिम्रो छ के ? (३)

पैसा कुस्त कमाउने रहरमा माता पिता भुल्नुमा
आफ्नै देश छ स्वर्ग बुझ्न नसकी त्यो दासता चुन्नुमा
पक्कै रोग बढेर मानसिक त्यो गल्छौ तिमी सम्झनू
आफैं वृद्ध हुँदा कुनै भर विना मर्छौ तिमी सम्झनू (४)

सर्बाधिक पढिएको

कविता : छौँडाहरू

कविता : छौँडाहरू १ महिना पहिले | सञ्जीव पौडेल

समृद्धिको चकमन्न उज्यालो बाँडिरहेको सरकारलाई गौँडा गौँडा कुरेर सेतो अवरोध…

कविता : विवशता

कविता : विवशता ३ हप्ता पहिले | सुमित्रा थामी ‘अविरल’

बुद्धको देशमा शान्ति खोज्दै हिडेको यात्री श्मशान घाटमा तपस्य बसेको…

कविता-भोकाएका ए समृद्धिहरू !

कविता-भोकाएका ए समृद्धिहरू ! १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

काग कराउन त कराए का का गरेर तर गिद्धै बसेको…

अन्तिम श्रद्धाञ्जली

अन्तिम श्रद्धाञ्जली ३ हप्ता पहिले | उमेशकुमार सिटौला, तेह्रथुम

ॐ ॐ ॐ ॐ ॐ । न चोट पायौ न…

कविता : मेरा गुरु

कविता : मेरा गुरु २ हप्ता पहिले | टि एन बिस्वामित्र

मेरा गुरु उनले सिद्धान्त पढाए, दर्शन शास्त्रको ठेली बोकेर मानवताको…

कविता : मन मलिन छ

कविता : मन मलिन छ २ हप्ता पहिले | बालकुमार क्षेत्री, अफगानिस्तान

पारिडाँडा पात बजाउथी पिपलु, झलझलको आउँछ ती दिनको । शून्य…