Sansar News- Nepal's Fast Khabar Online News Portal

माध्यामिक तह : सबै विषयका लागि उपयोगी विषयगत नमुनाप्रश्न

संसार न्यूज़
११ महिना पहिले
माध्यामिक तह : सबै विषयका लागि उपयोगी विषयगत नमुनाप्रश्न

२८ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत, नमुना पश्नहरुको संगालो र परीक्षाका लागि विभिन्न टिप्सहरु ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ ।

द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र ‘ पेसागत ज्ञान ’बाट सबै विषयका समान प्रश्न रहेनछन् । आज हामीले माध्यामिक तह सबै विषयहरुका लागि उपयोगी हुने विषयगत प्रश्नसंगालो लिएर आएका छौं र अर्काे दिन वस्तुगत प्रश्नोत्तरको साथमा आउनेछौं ।

अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका ३५ अङकभारका ७ ओटा प्रश्नहरु समावेश हुनेछन् ।
जसमा एकाइबाट एउटा प्रश्न सोधिनेछन् । एकाइहरु निम्न छन् :

एकाइ एक : नेपालको विद्यालय शिक्षासम्बन्धी जानकारी
एकाइ दुई : बालबालिका र सिकाइसम्बन्धी ज्ञान
एकाइ तीन : बालबालिकाको पिसकाइ तथा सिकाइ सिद्धान्तसम्बन्धी जानकारी
एकाइ चार :सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
एकाइ पाँच : सञ्चार तथा सहकार्य
इकाइ ६ः निरन्तर सिकाइ, मापन र मूल्याङ्कन तथा पेसागत विकास
एकाइ सात : कानुनी आधार तथा पेसागत आचारसंहिता

तह : माध्यामिक प्रर्णाङक :३५
विषय :सबै
समय : १ घण्टा ५ मिनेट

प्रश्न नं १. संघीय नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि तोकिएका शिक्षाका अधिकारहरुको कार्यान्वयन क्रममा उत्पन्न भएका कुनै पाँचओटा समस्या तथा ती समस्या समाधानका उपायहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं. २. बालबालिकामा देखिने कुनै पाँचओटा वैयक्तिक भिन्नताहरुको छोटकरीमा बयान गर्नुहोस् ।

प्रश्न नं. ३. जीन पियाजेको मनोवैज्ञानिक निर्माणवाद तथा भिगोत्स्कीको सामाजिक निर्माणवादबीच पाइने कुनै पाँचओटा भिन्नता केलाउनुहोस् ।

प्रश्न नं. ४. सामुदायिक विद्यालयको शैक्ष्कि गुणस्तर सुधारको नीति तथा कार्यक्रम,२०७५ (“ हामी सबैको पण,सामुदायिक विद्यालयको रूपान्तरण”) बमोजिम शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्न के कस्ता कार्यहरु सञ्चालन गरिने उल्लेख छ ?

प्रश्न नं. ५. विद्यालयमा शैक्षिक परामर्श प्रदान गर्दा ध्यान दिनुपर्ने विविध पक्ष वा कुराहरु संक्षेपमा उल्लेख गर्नुहोस् ।

प्रश्न नं. ६. समस्यामा आधारित सिकाइ भन्नाले के बुझ्नुहुन्छ ? समस्यामा आधारित सिकाइ रणनीतिका उद्देश्य तथा प्रमुख चरणहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं ७. इन्चोन घोषणा, २०१५ केलाई भनिन्छ ? उक्त घोषणाको दस्तावेजमा रहेको प्रस्तावनाका बुँदाहरु उल्लेख गर्नुहोस् ।

यी प्रश्नहरुको तपाइँले आफैंले समाधान गर्ने प्रयास गर्नुुस् कुनै प्रश्नको उत्तरमा अलमलमा पर्नुभयो भने कमेन्ट बक्समा प्रश्न नम्बर कमेन्ट गर्नसक्न्हनेछ । अभ्यास जति गर्र्याे परीक्षामा सहज वातावरण हुने हुँदा अभ्यास निरन्तर गर्न आवश्यक छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…