Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रोफेशनालिज्म बिनाको सरकारी संयन्त्र

भिम उपाध्याय
१० महिना पहिले
प्रोफेशनालिज्म बिनाको सरकारी संयन्त्र

नेपालका मन्त्रीहरू, सचिवहरू, डिजी र आयोजना प्रमूखहरू झन् झन् ननप्रोफेशनल हुदै गएको देखिदै छन् । जसका कारण तिनले गरेका कामको कुनै सुप्रभाव देख्न र जनतालाई बुझाउन र सन्तुष्ट पार्न असमर्थ हुदै गएका छन् ।

सरकारका संगठनहरू पनि बिजिनेस सरह (Business-like) चलेको चलाएको हुनैपर्छ । मन्त्री, सचिव, डिजी सक्षम सीईओ सरह हुनैपर्ने अहिले विश्व परिस्थिति छ । तिनले आफ्ना संगठनमा लाभ, लागत, लागत प्रभावकारिता, सूचक र अनुगमन मुल्यांकनको मापदण्ड पूर्वनिर्धारित गरेर जनमापनयोग्य सूचकहरू सार्वजनिक गरेकै हुनुपर्छ । तिनले लिने सुविधा र लाभबीच समीकरण बनेकै हुनुपर्छ । तिनले आफ्ना कामको सर्वसाधारणले बुझ्ने शैलीमा मुल्यांकन गर्न सक्ने सूचकहरू सार्वजनिक गरेको र त्यसको प्रगति विवरण र रिपोर्ट कार्ड नियमित प्रकाशित गरेको हुनैपर्छ । तिनका लक्ष लागतको तेश्रो पक्ष स्वतन्त्र मुल्यांकन गर्ने जिम्मा सरकारले कुनै योग्य प्राज्ञिक संस्थालाई जिम्मेवारी दिएको हुनैपर्छ ।

ठोकठाक डाङडुङ काम गरेर चर्चा बटुल्दैमा मुलुक उभो लागेको हुदैन, काम प्रभावकारी भएको मानिदैन, यस्तो गरेर बढीमा चटकेको बाँदर नचाईको क्षणिक मनोरंजन सम्म हुन सक्ला !
मन्त्रिपरिषदका मन्त्रीहरू र सल्लाहकारहरू सबै जसो गैरव्यावसायिक (ननप्रोफेसनल), सरकारका सचिवहरू पनि त्यस्तै ननप्रोफेसनल र मन्त्रीका सहयोगी सल्लाहकारहरू पनि ननप्रोफेसनल भएपछि प्रविधिड्रिभेन आजको जमानामा मुलुक विश्व परिवेशमा प्रतिष्पर्धी हुने कुरै हुदैन ।

नेपालजस्तो मुलुकमा जे कुरा गर्दा पनि अत्यधिक जोखिम हुने भय रहेकाले अधिकाँश क्षेत्रमा आफै सरकारले अगुवाई लिनुपर्ने हुन्छ । तर सरकारका विभाग, मन्त्रालय र कार्यालयहरू भने विकेन्द्रीकरण, अधिकार निÞक्षेपिकरणका नाममा दिन प्रति दिन संस्थागत पुँजि बिनिर्माण, ननप्रोफेसनलिज्म र अप्राविधिकिकरण हुदै जानु भविष्यका निम्ति खतरनाक संकेत हो ।
नेपालमा पनि मलेशियामा जस्तै मन्त्रिपरिषदलाई प्रोफेसनल सरसल्लाह दिन ५ जना मुर्धन्य व्यक्तिहरूको ‘एलिट काउन्सिल’ गठन गरी सरकार संचालनमा प्रोफेशनलिज्म ल्याउन अति जरूरी छ। अहिले गरिएको विगतमा असफल भइसकेको बिना कामको कार्यसम्पादनको लहड स्टन्टबाजी मात्र हो र यसमा लाग्नु प्रयत्नको बर्बादी मात्र हो ।

अहिले संघीय नेपालको प्रथम ‘पुण्य’ काम ‘जनतामा कुनै सुविधा राहत थप दिने हैन कि, भए भरका कुरामा एकले अर्का ७६१ सरकारहरूसँग धमाधम प्रतिष्पर्धा गर्दै कसले कति कर थप्ने भन्ने रहेछ र थपिएको करबाट शासकवर्गले आ–आफ्ना तलबभत्ता, गाडी, बंगला सुविधा तछाडमछाड गर्दै कति धेरै बढाउने भन्ने’ रहेछ भनेर जनता बुझ्न थालेका छन् । शासकहरू सुतुरमूर्ग बनेर टाउको माटोमुनि धसाउदैमा ती सुरक्षित रहदैनन्, न संघीय नेपालमा स्थायीत्व छाउनेछ । संघीय व्यवस्थाप्रति शासकहरूले यतिखेर कुटायममा दुश्मनी पक्कै साँधेका हैनन् भन्ने भान जनतामा परेको देखिदै छ ।

बिकसित र अबिकसित मुलुक बीचमा कसरी फरक छुट्याउने भनेर एक शब्दमा सूचकबाट मापन गर्नुपर्यो भने त्यो एक शब्द हो्स् बिकास गतिमापन !

बिकसित मुलुकको गति जेमा पनि तिब्र अबिकसित र पछौटे मुलुकको गति जेमा पनि लुम्से हुन्छ ।

तीब्र बिकास हुने लक्षणको मापन भनेकै त्यस मुलुकका काम कार्यवाही ( सरकारी, निजी वा घरायसी, तीब्रतर हुदै जानेबाट गरिन्छ । जेमा पनि ल्याङल्यांङ हुने÷गर्ने मुलुक, प्रशासन र व्यावसाय कहिले बिकसित हुन सक्दैन ।

खरायो बन्नु मुलुक कुद्नु हो, कछुवा रहिरहनु पिछडा हुनु हो । अत्याधुनिक प्रविधिको उपयोग र सक्षम प्राविधिज्ञविना कुद्ने सपना देखिदैन, जो जति कुद्न सक्छ उसको आँखाको पावर त्यति तेज हुन्छ, नजिकमात्र देख्ने प्राणी कुद्न सक्दैन । प्रकृतिमा जुन प्राणी जति बढी कुद्न सक्छ, उसको आँखाले त्यति धेरै टाढा देख्न सकिरहेको हुन्छ । तेज कुद्ने चाहना हो भने नेताहरूले टाढा टाढासम्म प्रष्ट देख्न सक्ने प्रविधिको चमत्कारिक आविष्कार ’दुरचश्मा’ लगाउनै पर्छ ।

उपाध्याय, नेपाल सरकारका पूर्व सचिव हुन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…