Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रचण्डविरुद्ध प्रचार गर्नेलाई कारबाहीको चेतावनी

संसार न्यूज़
२ महिना पहिले
प्रचण्डविरुद्ध प्रचार गर्नेलाई कारबाहीको चेतावनी

२९ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) का विरुद्ध प्रचार गर्नेलाई कारबाहीको चेतावनी दिइएको छ ।

जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै क्रान्तिकारी ध्रुविकरणबाट अत्तालिएकाहरु नै अनर्गल, तथ्यहिन र भ्रामक कुप्रचारमा लागेको बताइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डको दुवई भ्रमणको विषयलाई लिएर बदनाम गर्न सक्रिय तत्वले प्रकाश दाहालको नाममा २१ अर्ब रुपैयाँ युएईमा थन्क्याउन गएको भन्ने कुप्रचार गर्नेहरुलाई सो सम्बन्धमा सत्यता प्रमाणित गर्न चुनौती दिइएको छ ।

परिवर्तन विरोधि, प्रतिगामी र प्रति क्रान्तिहरुको सुनियोजित र योजनाबद्ध कपोकल्पित प्रचारबाट भ्रमित नहुन आम जनसमुदायलाई अनुरोध गर्दै षडयन्त्रपूर्ण र झुटा प्रचार गर्नेहरुलाई आवस्यक कारबाहीका लागि सरकारी निकायसँग अनुरोध गरिएको छ । २८ साउन २०७६ मा जारी विज्ञप्तमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोख बहादुर महरा ‘प्रताप’ ले हस्ताक्षर गरेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…