Sansar News

हात्ती दिवस मनाइयो

रासस
१ हप्ता पहिले
हात्ती दिवस मनाइयो

२८ साउन, भरतपुर । विश्व हात्ती दिवस चितवनको सौराहामा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । सौराहामा रहेका विभिन्न सङ्घसंस्थाको आयोजनामा सो दिवस मनाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ, रेष्टुरेन्ट एण्ड बार (रेवान)लगायतको संयुक्त आयोजनामा हात्ती दिवस मनाइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले जानकारी दिनुभयो । हात्तीका अधिकारका विषयमा सचेत छौँ भन्ने सन्देश विश्वभर दिन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

हात्ती जमिनमा बस्ने सबैभन्दा ठूलो प्राणी हो । बासस्थानको अभावले विश्वबाट हात्तीको विनाश हुनसक्ने भन्दै नागरिकलाई चेतना फैलाउन क्यानडाबाट हात्ती दिवस मनाउन शुरु गरिएको थियो । सौराहाबाट ¥यालीसहित बाघमारा सामुदायिक वनको चौरमा पुगेर हात्तीलाई वनभोज खुवाइएको थियो । प्रायः सबै दिन पर्यटकसँग सफारीमा रम्ने हात्ती दिवसका दिन वनभोजमा रमेका थिए ।

हात्तीलाई मनपर्ने उखु, फर्सी, स्याउ, सुन्तला, गाजर, हरियो घाँसलगायतका परिकार खुवाइएको थियो । चितवनमा निजी क्षेत्रका ७० र चितवन राष्ट्रिय निकुञ्जका विभिन्न पोष्टमा ६१ हात्ती छन् । त्यसबाहेक चितवन र पर्साको चुरे क्षेत्रमा ३० देखि ४० जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । नेपालमा हात्तीको यकिन तथ्याङ्क भने छैन ।

सर्बाधिक पढिएको

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’ १ हप्ता पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । पत्रकार रवि लामिछानले आत्म्हत्या गरेका शालिकराम…

अन्तर्वार्ताको नतिजा प्रकाशित  : खुला तर्फको निमावि तहको  नेपाली  र  अङ्गेजी विषयको अन्तरर्वाताको नतिजा  प्रकाशित

अन्तर्वार्ताको नतिजा प्रकाशित : खुला तर्फको निमावि तहको नेपाली र अङ्गेजी विषयको अन्तरर्वाताको नतिजा प्रकाशित २ हप्ता पहिले | संसार न्यूज़

२३ साउन, भक्तपुर । शिक्षक सेवा आयोगले गत महिना लिएको…

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाण्डौं । अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत स्याङजाकी समिक्षा सुवेदी,…

शिक्षक लाईसेन्स :   यी पनि हुन्  प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु

शिक्षक लाईसेन्स : यी पनि हुन् प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु ४ हप्ता पहिले | संसार न्यूज़

८ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर…

तपाईको आजको  राशिफल

तपाईको आजको राशिफल २ हप्ता पहिले | संसार न्यूज़

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,…

किन गरिन्  प्रियंकाले आत्महत्या प्रयास ?

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ? १ महिना पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी…