Sansar News

मनोरोगीको वेदना तीजे गीतमा

रासस
६ दिन पहिले
मनोरोगीको वेदना तीजे गीतमा

२८ साउन, चिप्लेढुङ्गा । तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेकि छन् छ ।
तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन ।
सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने बताइन । मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई म्युजिक भिडियोमार्फत उजागर गर्न खोजिएको छ ।
विभिन्न प्रतिकूल परिस्थिति र घरेलु हिंसाले मानसिक सन्तुलन गुमाउन पुगेका महिलाप्रति गरिने हेय दृष्टिलाई बदल्नुपर्ने र असहायलाई सहारा दिएर उपचार गर्नुपर्ने विषयलाई म्युजिक भिडियोले समेटेको छ । मनोरोगीहरुको मानव अधिकारलाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने विषय गीतले समेटेको स्रष्टा ढकालले बताईन ।
“तीज पर्व खाने लाउने मात्र नभई गीत सङ्गीतको पर्व पनि हो । तीजको महिमा विशेषगरी सङ्गीतसँग जोडिएको छ”, ढकालले भनिन, “परापूर्वकालमा दबाएर राखिएका आवाजहरु तीजमा गीतको माध्यमबाट दिदीबहिनीले पोख्थे र मन हलुका बनाउँथे ।” सासूबुहारीका रोदनका कथाहरु हुन्थे । अब समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार, हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुपर्ने उनले बताइन ।
उक्त म्युजिक भिडियोको सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरले लोकार्पण गर्नुभएको थियो । पोखरा आसापासका सडकमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरीता पँगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराई लगायतले अभिनय गर्नुभएको छ ।

सर्बाधिक पढिएको

करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु ३ दिन पहिले | संसार न्यूज़

३१ साउन, पर्वत । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई…

आर्दश नेतृत्वको रुपमा पुष्पलाललाई संझिरहने छौं-गुप्त बहादुर  हमाल

आर्दश नेतृत्वको रुपमा पुष्पलाललाई संझिरहने छौं-गुप्त बहादुर हमाल ४ हप्ता पहिले | संसार न्यूज़

७ साउन, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय…

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा ३ हप्ता पहिले | वासुदेव पौडेल

१३ साउन, पोखरा । वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन…

गुलाबी शहरको रूपमा विकसित हुँदै वालिङ

गुलाबी शहरको रूपमा विकसित हुँदै वालिङ ४ हप्ता पहिले | तोलाकान्त बगाले

९ साउन , वालिङ । स्मार्ट सिटी कार्यान्वयनका लागि घोषणा…

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा–मन्त्री लम्साल

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा–मन्त्री लम्साल २ महिना पहिले | संसार न्यूज़

१९ असार, पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा…

विकट गाउँका टोलटोलमा सौर्यबत्ती

विकट गाउँका टोलटोलमा सौर्यबत्ती १ महिना पहिले | रासस

२४ असार, पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा…