२९ साउन, काठमाण्डौं । शिक्षा सेवा आयोगले खोलेको ‘लाइसेन्स परीक्षा ’ प्रक्रियासंगत नभएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा मुुद्दा दायर भएको छ ।
माध्यमिक विद्यालय शिक्षक युुनियन अध्यक्ष पुष्पप्रसाद न्यैपानेका अनुसार ६ हजार शिक्षको प्रतिनिधित्व गर्दै मंगलबार मुद्दा दायर गरिएको हो ।
रिट निवेदनमा ‘अर्थशास्त्र र स्वास्थ्य विषयमा स्नातकोत्तर उतिर्ण भई मावि तहको अस्थायी शिक्षक अनुमतिपत्र प्राप्त गरी विभिन्न शिक्षण संस्थामा हालसम्म अध्यापन गर्दै आइरहेको’ उल्लेख छ ।
‘स्थायी अनुमतिपत्रसमबन्धी परिक्षा सन्दर्भमा प्रकाशित सुचना अर्थशास्त्र र स्वास्थ्यका विद्यार्थी र शिक्षकले अनुमतिपत्र प्राप्तीका लागि असम्बन्धित सामाजिक शिक्षा विषयका परीक्षा दिनपर्ने प्रावधानले हाम्रो मौलिक हक हनन् हुन गएको स्पष्ट देखिन्छ,’ रिटमा भनिएको छ ।
प्रतिस्पर्धा नै गर्न नसक्ने विषयको परीक्षा गगराउन लागिएको भन्दै आयोगद्धारा जारी सुचना बदर मागसमेत गरिएको छ । वुधबारको राजधानि दैनिकबाट ।