Sansar News

लामो दूरीमा २ चालक नराखे कारबाही

संसार न्यूज़
१ हप्ता पहिले
लामो दूरीमा २ चालक नराखे कारबाही

२९ साउन, काठमाडौँ । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (गाडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एकजना मात्र चालक हुँदा बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो । लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए÷नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ ।

विभागले प्रस्थानबिन्दुबाट २५० किमि वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य २ चालक नराखेको पाइए सवारी धनी या कम्पनीलाई नियन्त्रणमा लिई कारबाही गर्ने बताएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा २ चालक अनिवार्य राखी प्रत्येक ६\६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ । बुधबारको कान्तिपुर दैनिकबाट

सर्बाधिक पढिएको

त्रिविमा प्राध्यापक नियुक्ति विरुद्ध मुद्दा,रजिस्ट्रारसहितको बढुवा रोकियो

त्रिविमा प्राध्यापक नियुक्ति विरुद्ध मुद्दा,रजिस्ट्रारसहितको बढुवा रोकियो ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि…

उपेन्द्र यादवको दोहोरो चरित्र, बाहिर सरकारको विरोध पार्टी बैठकमा बचाउ

उपेन्द्र यादवको दोहोरो चरित्र, बाहिर सरकारको विरोध पार्टी बैठकमा बचाउ ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाडौँ । सत्तासाझेदार दल समाजवादी पार्टी नेपालले तत्काल…

चारवटा प्रदेशका विद्यार्थी नेपालीमा औसत नम्बर ल्याउन असफल

चारवटा प्रदेशका विद्यार्थी नेपालीमा औसत नम्बर ल्याउन असफल २ हप्ता पहिले | संसार न्यूज़

२१ साउन, काठमाडौँ । नेपाली विद्यार्थीहरु नेपाली विषयमै धेरै कमजोर…

लौ हेर्नुहोस् त १ अर्ब २१ करोड बढीको गुन्द्रुक विदेशबाट आउँदो रहेछ

लौ हेर्नुहोस् त १ अर्ब २१ करोड बढीको गुन्द्रुक विदेशबाट आउँदो रहेछ ४ दिन पहिले | संसार न्यूज़

१ भदौ, काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात गरिन्छ…

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु ३ हप्ता पहिले | संसार न्यूज़

१७ साउन, काठमाडौँ । प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा…

अभियन्ता नै बालदम्पती

अभियन्ता नै बालदम्पती ४ हप्ता पहिले | संसार न्यूज़

९ साउन, काठमाडौँ । नेपालगन्ज उपमहानगर –२० स्थित बालविवाहविरुद्ध वडास्तरीय…