Sansar News

बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु – स्वास्थ्य मन्त्रालय

संसार न्यूज़
५ दिन पहिले
बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु – स्वास्थ्य मन्त्रालय

२९ साउन, ढाका । बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा बिरामी भर्ना भएपछि अस्पतालले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको बताएका छन् ।

लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ तर यो वर्ष डेङ्गुले एशियाली केही मुलुकमा जटिल समस्याका रूपमा देखा परेको छ ।

बङ्गलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् ।

सोमबार मात्रै बङ्गलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालबाट प्राप्त तथ्याङ्कमा उल्ेलख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताए ।

उनले एएफपीसँग भने, “मन्त्रालयले यसबर्ष अहिलेसम्म ४० डेङ्गुसम्वन्धित विरामीको मृत्यु भएको पुष्टि गरेको छ ।”

बङ्गलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए ।

बङ्गलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिक शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् ।

यद्यपि स्वास्थ्य मन्त्रीले भने डेङ्गुको सङ्क्रमण ‘विस्तारै घट्दै गएको’ यसै हप्ता ढाकामा एक सार्वजनिक कार्यक्रमका क्रममा बताए ।

“बङ्गलादेशमा डेङ्गुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्ध गरी सङ्कटलाई साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ,” स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बताए ।

“विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकलाई जटिलता देखिएको छ,” एक स्वास्थ्य अधिकारीले एएफपीलाई बताए । एएफपी

सर्बाधिक पढिएको

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद २ हप्ता पहिले | संसार न्यूज़

१९ साउन,भारत । मुस्लिम महिलाको हित सम्बद्र्धन गर्न बनेको भनिएको…

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या २ हप्ता पहिले | संसार न्यूज़

१९ साउन, । अमेरिकाको टेक्सासमा १९ जनाको हत्या हुने गरी…

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । आतंककारी अलकायदाको नेता ओसामा बिन लादेनका छोरा…

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई  ?

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ? २ हप्ता पहिले | संसार न्यूज़

४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा…

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट  पारित भयो ‘तीन तलाक’

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’ ३ हप्ता पहिले | संसार न्यूज़

३१ जुलाई, काठमाण्डौं । भारतको राज्यसभाबाट तीन तलाक पारित भएको…

दिल्लीका जनतालाई निःशुल्क बिजुली !

दिल्लीका जनतालाई निःशुल्क बिजुली ! ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । दिल्लीको आम आदमी पार्टीले विधानसभा चुनाव अघि…