Sansar News

नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

रासस
४ दिन पहिले
नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

२९ साउन, काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले आज सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६÷०४÷२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२) मा भएको ‘संशोधन÷परिमार्जन÷नयाँ थप व्यवस्था’ कार्यान्वयन नगर्नु नगराउनु ।” अदाललते उक्त निर्णय यथास्थितिमा राख्नुका साथै प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका निर्णय कार्यान्वयन नगर्न भनेको छ ।
प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिट निवेदनको सुनुवाइपछि प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राष्ट्र बैंकले अन्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो । चार वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको चार दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धर पदमुक्त भएका थिए ।

सर्बाधिक पढिएको

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’ ४ दिन पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । पत्रकार रवि लामिछानले आत्म्हत्या गरेका शालिकराम…

अन्तर्वार्ताको नतिजा प्रकाशित  : खुला तर्फको निमावि तहको  नेपाली  र  अङ्गेजी विषयको अन्तरर्वाताको नतिजा  प्रकाशित

अन्तर्वार्ताको नतिजा प्रकाशित : खुला तर्फको निमावि तहको नेपाली र अङ्गेजी विषयको अन्तरर्वाताको नतिजा प्रकाशित १ हप्ता पहिले | संसार न्यूज़

२३ साउन, भक्तपुर । शिक्षक सेवा आयोगले गत महिना लिएको…

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाण्डौं । अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत स्याङजाकी समिक्षा सुवेदी,…

शिक्षक लाईसेन्स :   यी पनि हुन्  प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु

शिक्षक लाईसेन्स : यी पनि हुन् प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु ४ हप्ता पहिले | संसार न्यूज़

८ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर…

तपाईको आजको  राशिफल

तपाईको आजको राशिफल २ हप्ता पहिले | संसार न्यूज़

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,…

किन गरिन्  प्रियंकाले आत्महत्या प्रयास ?

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ? ४ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी…