back

ब्रेक्जिटपछिको अवस्था मध्यनजर गर्दै सामानको भण्डार गर्दै बेलायती

वि.सं.२०७६ साउन २९ बुधवार

189 

shares
NTC AD
Global IME AD

२८ साउन, लण्डन । बेलायतीले पछिल्ला केही साता एता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकले अत्यावश्यक सामानको भण्डारण गर्न थालेका एक सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षणअनुसार अक्टोबरमा बेलायत यूरोपेली संघ (इयू)बाट सम्झौता बिहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीले खाद्यान्न, औषधि तथा पेय पदार्थको भण्डारण गरेका छन् ।

बेलायतीले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर सामानको भण्डारण गरेका बताइएको छ ।

वित्तीय संस्था प्रिमियम क्रेडिटले गरेको सर्भेक्षणमा हरेक पाँच बेलायतीमध्ये एक जनाले प्रतिदिन थप ४५८ अमेरिकी डलर खर्चिने गरेका पाइएको छ ।

सामान भण्डारण गर्नेमध्ये ७४ प्रतिशतले थप खाद्यान्न किनेर राखेका बताए भने ५० प्रतिशतले औषधीसमेत किनेर राखेको बताए । यस्तै ४६ प्रतिशतले पेय पदर्थको जोहो गरेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

प्रधानमन्त्रीमा कडा ब्रेक्जिट पक्षधर बोरिस जोनसन निर्वाचित बनेपछि उनले इयूसँग सम्झौता भएपनि नभएपनि निर्धारित अक्टोबर ३१ मा ब्रेक्जिटको कार्यान्वयन हुने बताएका छन् ।

यसपछि कैयौँ बेलायती नागरिकले यदि सम्झौताबिहीन अवस्थामा बेलायत इयू बाट बाहिरिए बेलायतमा कतिपय सामानजहरूको आपूर्तिमा कमी आउनसक्ने डर भएको बताएका छन् ।

बेलायतमा उपयोग हुने ५३ प्रतिशत खाद्यान्न मात्र स्वदेशमा उत्पादन हुने र बाँकी धेरै इयू सदस्य राष्ट्रबाट आयत हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

खाद्यान्न तथा अतिआवश्यक खाद्यान्न बाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ ।

बेलायती कानून कम्पनी बुडल ह्याटफिल्डले भनेको छ, “बेलायतमा आरामदायी विदेशी कारको किनबेचमा पनि १६ प्रतिशतले वृद्धि आएको छ भने आरामदायी विदेशी कारको आयातमा ३२ प्रतिशतले वृद्धि देखिएको छ ।” सिन्ह्वा

वि.सं.२०७६ साउन २९ बुधवार १०:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

काप्री (इटाली) । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका...

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

ओटावा । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...