Sansar News

यसैलाई भन्ने हो, हामीले गणतन्त्र ?

दीपक संघर्ष, मलेसिया
४ दिन पहिले
यसैलाई भन्ने हो, हामीले गणतन्त्र ?

मलाइ जे जस्तो भएपनी मेरो देश : प्यारो मात्री भूमि प्यारो छ । तर विडम्बना मेरो देशलाई नेतृत्व गर्ने भ्रष्ट राजनीतिले गर्दा आज देशको अर्थतन्त्र धरापमा छ ।

२००७ देखि ६२र६३ को जनआन्दोलन हुँदै आजसम्म हेर्दा परिवर्तन नभएका होइनन् भएकै छ । हिजो चप्पल लगाउने नेताहरुको जीवन शैली विलासी जीवन बाचिरहेका छन्, हिजो चुहिने छानोको घरमा बस्ने नेताहरु आज काठमाडौ भ्याली भित्रै आलिसान महन बनाएका छन् । हिजो गाउँको सरकारी स्कुलमा पढ्ने छोराछोरीहरुलाइ आज बेलायत, अमेरका पढाउन सफल भएका छन् अझै धेरै छन् लेख्ने हो भने, तर लेखेरै साध्य छैन ।

हिजो ती गरीब दलित, निमुखा सोझा जन्ताहरुको घरमा साथमै बसेर कोदाको ढिडो खाएर उनिहरुसंग गरेको बाचा र अठोट यति छिटै कसरी बिर्सिन सकेका हुन् ? प्रचण्ड कमरेडको त्यो बोली आजै जस्तो लाग्छ । गणतन्त्र आएपछि रोल्पालाई नमुना रोल्पा बनाइने छ, रोल्पालाई इतिहासमा पहिलो स्थानमा नाम लेखिने छ भनेर रोल्पाली जन्तालाई भनेका थिए ।

यसो भन्दै गर्दा रोल्पा परिवर्तन भएकै छ त ? भन्ने प्रश्न आउन सक्छ । हाल कायम परिवर्तन त कम्युनिस्ट सरकार नभएको भएपनी हुन्थ्यो । अब कसरी हुन्थ्यो भन्नू होला ? सोसल मिडिया अर्थात ग्लोबल युगमा प्रवेश गरेका छौ । संसारलाई हामिले आफ्नै हत्केलामा हेर्ने युगमा छौ । त्यसैले यहाँ सम्मको बिकाश जन्ताको निमित्त केही पनि होइन ।

रहयो कुरा बाटोको ती दुर्गम गाउँ बस्तिहरुमा यति बिजोक छ, बिकाशको नाममा बिनाश भएको छ । ठाउँठाउँमा जन्ताहरु यति पीडित छन् भनेर साध्य छैन । माथी गाउँ छ, मुनिबाट डोजर लगाएर रोड निर्माण हुदैछ । पानी पर्छ त्यसपछि आधा गाउँ नै पहिरोको चपेटामा पर्छ, रुख बिरुवाहरु सबै बाटोमा आउँछ अनि यसलाई बिकाश भन्ने कि बिनाश ?

गाउँ रह्यो भने त्यो बिकाश को सदुपयोग गर्ने हो, गाउँ नै रहेन भने त्यो बिकाशको के अर्थ ? यो पीडा कस्ले बुझ्ने ? हिजो गाउँ देखि चप्पल लगाएर गाउँ को लागि केही गर्छु भनेर शहर पसेका नेताहरु मार्सी चामलको भात खाएर गाउँ को आटो र ढिडो खाको कुरो कहाँ याद हुन्थ्यो र ? उफ्फ्फ्फ्फ हिजो कुनै दिन मेरो देशले अनुदान दिएको केहि देशहरु आज कहाँबाट कहाँ पुगिसक्यो, मेरो देश जहाँको त्यही छ ।

त्यो पनि प्रत्येक ब्यक्तिको कांधले ४०,००० हजार ॠणको भारी बोकेको छ । यसैलाई भन्ने हो हामीले गणतन्त्र ? के यसैको लागि हामीले एउटा राजा फ्यालेर हजारौं राजा जन्माएका हौ त ?

हिजो राजा बिमार हुदा स्वदेशमै उपचार गराउथे , तर आजका राजा केपि ओलि आफ्नो उपचार गराउन कष्लननबउगच जान्छन प्रचण्ड कमरेड कष्लननबउगच जानू हुन्छ । के यहि हो परिवर्तन ? तपाईं जन्ताको नेता हो पनि भन्नू हुन्छ । तर जन्ताले उपचार गराउन अस्पतालमा तपाईंको उपचार गर्न नहुने किन ?

यहाँबाट प्रष्ट हुन्छ, कि तपाईंहरुले नेपाली डा . हरुलाई शिक्षाको आधारमा न भै, Power र पैसाको आधारमा सर्टिफिकेट दिनु भएको रहेछ । प्रधानमन्त्री के पि ओलिलाई Singapore उपचार गरेर फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गर्न उपस्थित भएका नेता कार्यकर्ता मत्रीहरु देख्दा मलाइ लाग्यो हिजो यस्ता स्वागत संस्कार त पंचायत कालमा राजालाई गरिन्थ्यो । तर आज गन्तव्यमा पनि यस्तो हुन्छ भने गणतन्त्र र राजतन्त्रमा फरक के रहयो ?

एक जना मन्त्रीको ५० जना सुरुक्षा गार्ड ! सामान्य पनि १०र१५ जना हुनेरहेछ । धेरै टाढा पनि नजाउ मलेसिया कै हेरौ न प्रधानमन्त्री डा. माथिर ९३ बर्षको उमेरमा आफ्नो गाडी आफै चलाएर अन्य देशबाट आएका पाहुनाहरुलाइ आफै ड्राइभिङ गरेर भजिट गराउछन् । मान्छेमा इच्छा शक्ति र हिम्मत हुनुपर्छ असम्भव भन्य कुरै छैन त्यो उदाहरण को पात्र डा माथिर हुन् ।

गाउँ गाउँमा सिंहदरवार भनेर हामीलाई ढाट्ने कार्य भयो किनकी गाउँमा सिंहदरवार जनतालार्इ होइन नेता र नेताका आसेपासे नातागोताहरुलाई आएको रहेछ ।

नारामा र कुरामा परिवर्तन गर्न नेपाली धेरै सिपालु छन भन्य ख्याल ख्यालैको अन्तर्राष्ट्रिय भनाइ आजभोली तितो रुपले सत्य देखिय जस्तै भएको छ । नारा र कुरा परिवर्तन भयको यत्ती हो हिजो राजतन्त्र र आज गणतन्त्रमा । त्यसैले यो गणतन्त्र मलाइ मन नपरेको गणतन्त्र हो ।

लेखक : स्वतन्त्र नागरिक सामाजिक अभियन्ता हुन् ।

सर्बाधिक पढिएको

यसकारण खाली छन् नेदरल्याण्डका जेल

यसकारण खाली छन् नेदरल्याण्डका जेल ६ दिन पहिले | हेमकुमार श्रेष्ठ, नेदरल्याण्ड

युरोप तथा विश्वकै अति सभ्य र सम्पन्न देश नेदरल्यान्ड्का जेलहरुमा…

के हो ब्लड मनि ? अब के हुन्छ बिनोद रानाभाटलाई  !

के हो ब्लड मनि ? अब के हुन्छ बिनोद रानाभाटलाई ! १ महिना पहिले | बिजयराज अधिकारी, कतार

आज यो सन्दर्भमा लेख्न जाँदै गर्दा बिदेशका जेलमा ब्यक्ती हत्याको…

के तपाई कसैको नासो बोकेर  विदेश यात्रा गर्दै हुनुहुन्छ ?

के तपाई कसैको नासो बोकेर विदेश यात्रा गर्दै हुनुहुन्छ ? ४ हप्ता पहिले | चिन्तामणि पौडेल, कतार

हामी नेपाली विभिन्न अवसर खोज्दै धेरै देशहरूमा पुगेका छौं ।…

खानै नपाएर आएको जस्तो नजरले किन हेरिन्छ कोरियामा हामीलाई ?

खानै नपाएर आएको जस्तो नजरले किन हेरिन्छ कोरियामा हामीलाई ? २ हप्ता पहिले | मधुसुदन ओझा, दक्षिण कोरिया

म स्वयम्ले मेरो अधिकारको बारेमा आवाज उठाइन भने अरु कसैले…

तपाई इण्डियन आर्मीको रिटायर्ड  हुनुहुन्छ ? गम्भीर बिरामी पर्नु भयो भने के गर्नुहुन्छ ?

तपाई इण्डियन आर्मीको रिटायर्ड हुनुहुन्छ ? गम्भीर बिरामी पर्नु भयो भने के गर्नुहुन्छ ? १ हप्ता पहिले | चन्दा थापा (चन्द्रिका)

हुन त यस्तो कुरा धेरै भारतीय सेनामा जागिर खाएर पेन्सन…

‘प्रधानमन्त्रीज्यू त्रिविमा चमत्कार गरिदिन्छु, प्रतिबद्धता अनुसार काम गरिन् भने जेल हाल्नुस’

‘प्रधानमन्त्रीज्यू त्रिविमा चमत्कार गरिदिन्छु, प्रतिबद्धता अनुसार काम गरिन् भने जेल हाल्नुस’ २ हप्ता पहिले | संसार न्यूज़

प्रा. डा अम्बरिश पोख्रेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति गरियोस् भन्ने…