back

कृषिमन्त्रीद्वारा कृषि उद्यमको अनुगमन

वि.सं.२०७६ साउन २९ बुधवार

225 

shares
NTC AD
Global IME AD


२९ साउन, काठमाडौँ । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज प्रदेश सरकारको अनुदानमा हेटौँडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालिते बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गरेका छन् ।

मन्त्री लामाले हेटौँडा–१२ का वडाध्यक्ष ललित घलानद्वारा सञ्चालित अग्रेली कृषि फार्म अनुगमन गर्दै प्रदेश सरकारको उद्देश्यअनुसार कार्य सम्पादन गर्न निर्देशन दिनुभएको वडाध्यक्ष तथा फार्मका सञ्चालक घलानले बताए । रू ४० लाखको लगानीमा १३ कट्ठा जमीनमा टनेल निर्माण गरेर गोलभेँडा, भेडे खुर्सानी तथा अन्य बेमौसमी तरकारी खेती गरिएको उक्त फर्मबाट वार्षिक रू १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ । फार्मका लागि प्रदेश सरकारले रू २१ लाख ७५ हजार अनुदान दिएको उनको भनाइ थियो ।

त्यस्तै मन्त्री लामाले आजै हेटौँडा–१२ मा रहेको सुन्दर बहुउद्देश्यीय कृषक समूहले सञ्चालन गरेको बाख्रापालन केन्द्र पनि अनुगमन गर्दै यसबाट वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए । पदमपोखरी क्षेत्र बाख्रापालनका लागि अत्यन्त उपयुक्त भएकाले दत्तचित्त भएर काम गर्न उनले सुझाब दिए ।केही दिनअघि बाट मात्रै सञ्चालनमा आएको बाख्रापालन केन्द्रमा ७५ माउ बाख्रा र तीन बोयर जातको बोका रहेको कृषक समूहका फेन्चु लामाले जानकारी दिए । प्रदेश सरकारको रू १६ लाख ४३ हजार अनुदान र रू १४ लाख १६ हजार उक्त समूहको लगानीमा १० जनाले सामूहिक बाख्रा पालन गर्दै आएका छन् । (रासस)

वि.सं.२०७६ साउन २९ बुधवार १२:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा...

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई...