Sansar News- Nepal's Fast Khabar Online News Portal

समुदाय– प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

संसार न्यूज़
४ महिना पहिले
समुदाय– प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

२९ साउन, पर्वत । पर्वतको महाशिला गाँउपालिका–५ को सभाहलमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत शान्ति सुरक्षाको अवस्था एवम् समसामयिक विषयमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

महाशिला गाँउपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय लुंखुदेउराली पर्वतको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले एकिकृत रणनीतिक सुरक्षा योजना तयार गरी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय पर्बत तत्पर रहेको बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समाजमा उत्पन्न हुने अधिकांश अपराध मदिरा सेवनबाट भइरहेकोले त्यस्ता व्यक्तिहरुले आफ्नो आचरण सुधार गर्नुपर्नेमा जोड दिए । साथै उपस्थित व्यक्तिहरुबाट उठान भएका जिज्ञासाको समेत उनले निरुपण गरेका थिए ।

कार्यक्रममा महाशिला गाउँपालिका ५ का वडाअध्यक्ष लगायत स्थानीय निकायका प्रतिनिधिहरु, विद्यालयका शिक्षक, विद्यार्थी, एवं समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…