Sansar News

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

संसार न्यूज़
५ दिन पहिले

२९ साउन, तास्कन्त । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।

मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ ।

यसअघि, सबै जमिन राज्यको मातहतमा थियो । उज्वेक अधिकारीहरुका अनुसार मुलुकको आर्थिक विकासका लागि भूमिको निजीकरण सम्बन्धी कानुनले ठूलो महत्व राख्नेछ । उनीहरुको भनाईमा भूमिको स्वामित्व बेगर बजार अर्थतन्त्र पूरा हुन सक्दैन ।

नयाँ कानुन अनुसार उज्वेकिस्तानका कानुनी अख्तियारप्राप्त निकाय एवं नागरिकले व्यवसाय सञ्चालन गर्न र निजी घर निर्माण गर्न जग्गाजमिन खरिद गर्न सक्नेछन् । सिन्ह्वा

सर्बाधिक पढिएको

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद २ हप्ता पहिले | संसार न्यूज़

१९ साउन,भारत । मुस्लिम महिलाको हित सम्बद्र्धन गर्न बनेको भनिएको…

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या २ हप्ता पहिले | संसार न्यूज़

१९ साउन, । अमेरिकाको टेक्सासमा १९ जनाको हत्या हुने गरी…

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । आतंककारी अलकायदाको नेता ओसामा बिन लादेनका छोरा…

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई  ?

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ? २ हप्ता पहिले | संसार न्यूज़

४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा…

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट  पारित भयो ‘तीन तलाक’

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’ ३ हप्ता पहिले | संसार न्यूज़

३१ जुलाई, काठमाण्डौं । भारतको राज्यसभाबाट तीन तलाक पारित भएको…

दिल्लीका जनतालाई निःशुल्क बिजुली !

दिल्लीका जनतालाई निःशुल्क बिजुली ! ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । दिल्लीको आम आदमी पार्टीले विधानसभा चुनाव अघि…